२०७६ फाल्गुन १२, सोमवार
Follow Us on:

टान पश्चिमाञ्चल नयाँ पदमार्ग को लागि सक्रिय

एकेन्द्र थापा

दिगो पर्यटनको मुल आधार- बैकल्पिक पदमार्गको पुर्वाधार भन्ने मूल नारा का साथ् यती बेला टान पश्चिमाञ्चल नयाँ पदमार्ग को लागि निकै सक्रिय भएको छ । मोटर बाटोका कारण छोटीदै गएको अन्नपुर्ण चक्रिय पदमार्गमा बैकल्पिक पदमार्ग निमार्ण तथा सोको बजारीकरण गर्ने बिषयका साथ मनाङ लम्जुङ, होटल व्यवसाय समितिको चौथो वार्षिक साधारण सभा मनाङ जिल्लाको तालमा सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा बैकल्पिक पदमार्गको खाका समेत प्रस्तुत गरिएको थियो । सो अवशरमा बैकल्पिक पदमार्ग सम्वन्धमा प्रस्तुत खाका अनुसार आवश्यक स्थानमा पदमार्ग तथा पुर्वाधार निमार्ण कार्य समेत पुरा भई सकेकाले टान पश्चिमाञ्चल क्षेत्रिय सघं पोखराले सो बैकल्पिक पदमार्गका विभिन्न स्थानमा आबस्यक साईनवोर्ड, संकेत वोर्ड राख्ने तथा टान पश्चिमाञ्चलकै संयोजनमा सो बैकल्पिक पदमार्गलाई समेटेर नक्शा सहितको ब्रोसर तयार पार्ने एवं सो पदमार्गको बजारीकरणमा महत्वपुर्ण भुमिका खेल्ने जानकारी गराउदछौ ।

सो साधारण सभालाई सघंका अध्यक्ष हरी भुजेल ज्यूले विषेश अतिथीको रुपमा सम्वोधन गर्नुभएको थियो भने कार्यक्रममा सघंका प्रथम उपाध्यक्ष शुशिलराज पौडे, सचिब जिबनराज सापकोटा र कोषाध्यक्ष कृष्ण प्रसाद आचार्यको समेत सहभागीता रहेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *