२०७६ चैत्र २०, बिहिबार
Follow Us on:

ढोला मण्डलीमाई अब मदिरा निषेधित क्षेत्र घोषणा हुदैँ

धादिङ : धादिङ जिल्लाको प्रसिद्ध धार्मिक स्थल ढोला मण्डलीमाई क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गर्न आवश्यक पहल कदमी थालिएको छ। ज्वालामुखी गाउँपालिका वडा नं ४ ढोलामा अवस्थित सो धार्मिक स्थल वरपरको क्षेत्रलाई मर्यादित र सु -व्यवस्थित बनाउनको लागि मदिरा निषेधीत क्षेत्र घोषणा गर्न नीलकण्ठ नगरपालिकाले पहल कदमी थालेको हो ।

नीलकण्ठ नगरपालिकाको माघ ८ गते सम्पन्नआकस्मिक बैठकले सो क्षेत्रलाई मदिरा तथा अन्य सामाजिक सद्भावमा खलल पु¥याउने कुनै पनि बस्तु प्रयोग तथा उपभोग गर्न नपाउने गरि निषेधीत क्षेत्र घोषणा गर्न सरोकार निकायहरुलाई अनुरोध गर्ने निर्णय गरेको थियो । नगरपालिकाको बैठकले गरेको निर्णय अनुसार जिल्ला प्रशासन कार्यलय धादिङलाई सो क्षेत्रमा मदिरा लगायतका बस्तुको प्रयोगमा रोक लगाउन आबश्यक पहल कदमी थाल्न अनुरोध गर्दै पत्र पठाएको छ ।

याे भिडियाे पनि हेर्नुहाेला

साथै आबश्यक सहजीकरण र समन्वयको लागि पत्रको बोर्धाथ दिदैँ जिल्ला प्रहरी कार्यालय धादिङ, ट्राफिक प्रहरी कार्यलय धादिङ, शसस्त्र प्रहरी कार्यलय धादिङ, ज्वालामुखी गाउँपालिकाको कार्यलय धादिङ र सिद्धलेक गाउँपालिकाको कार्यलय धादिङलाई सो विषयमा जानकारी गराईएको छ ।

गत माघ ७ गते मण्डलीमाईको दर्शन गरि फर्किएका नीलकण्ठ नगरपालिका भुलभुलेका भक्तजनहरु चढेका ट्रक दुर्घटनामा परी सात जनाको ज्यान जानुको साथै ३० भन्दा बढी घाईते भए पछि नगरपालिकाको आकस्मिक बैठक बसेको थियो भने सोही घटनामा परि ज्यान गुमाउनेहरु प्रति श्रद्धाञ्जली अर्पण गर्न माघ ८ गते सार्वजानिक बिदा समेत दिईको थियो । घटना घट्नुको मुल कारण चालकले मदिरा सेवन गरि सवारी चलाउनु नै रहेको पाईएको थियो ।

मदिरा कै कारण दिन प्रतिदिन दुर्घटना बढेको र पवित्र धार्मिक स्थानको दर्शन गरि प्रसाद ग्रहण गर्दा मदिरा सेवन गर्नु सान्दर्भिक पनि नहुने भएकाले आम नागरिकको हितको लागि तत्काल सो क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषण गर्न आफुहरुले पहल कदमी थालेको नीलकण्ठ नगरपालिकाका मेयर भिमप्रसाद ढुङ्गानाले लेकबेशी खबरलाई जानकारी दिए ।

मण्डलीमाईको पुजाआजा गरि प्रसादसंग मदिरा सेवन गर्ने दर बढेसंगै त्यसले ठुला ठुला दुर्घटना निम्त्याई रहेको छ । मण्डलीमाई आउने भक्तजन र चालकहरुले मदिरा सेवन गरि सवारी चलाएकै कारण बर्षेनी ठूलो सँख्यामा दुर्घटना भई जनधनको क्षति हुदैँ आईरहेको छ । यस कार्य तत्काल बन्द नगरे अझै ठुलो क्षति व्यहोनु पर्ने भन्दै सरोकारवाला निकायहरुले आबश्यक पहल कदमी समेत थाल्न आग्रह गरिरहेका छन् ।

यो पनि पढ्नुहोस्

मुख्य समाचारहरु

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *