२०७६ चैत्र २०, बिहिबार
Follow Us on:

पदको गरिमा जोगाउन सफल भएँ: तुम्बाहाङफे

काठमाडौंप्रतिनिधिसभाकी सांसद शिवमाया तुम्बाहाङफेलेले उपसभामुख पदको गरिमा जोगाउन सफल भएको दावी गर्नुभएको छ ।

उपसभामुख पदबाट राजीनामापछि आयोजित पत्रकार सम्मेलनमा तुम्बाहाङफेले दलको निर्देशन अटेर गरेर प्रणालीको लडाई जितेको बताउनुभएको हो । उहाँले आफू कुनै राजनीतिक दलको व्यक्ति नभएकाले कुनै पनि दलको निर्देशन मान्न आवश्यक नभएकाले आफूले निर्देशन नमानेको समेत बताउनुभयो ।

संविधानले नेतृत्वबिहीन प्रतिनिधिसभाको कल्पना नगरेकाले पनि आफूले राजीनामा दिन आवश्यक नरहेको उहाँको ठम्याई थियो । पार्टीतर्फ इंगित गर्दै पितृसत्तासँग हारेपनि संवैधानिक र कानूनी प्रबन्धको सम्मान गर्न सफल भएको तुम्बाहाङफेको तर्क थियो ।

यस्तै, अब बन्ने सभामुख र उपसभामुखलाई समेत आफ्नो जरा र धरातल बिर्सन नहुने सुझाव दिनुभएको थियो ।

यो पनि पढ्नुहोस्

मुख्य समाचारहरु

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *