२०७७ साउन २९, बिहिबार
Follow Us on:

चमेरे गुफा प्रवद्र्धनको लागि एनआरएनए सह–कोषाध्यक्ष दाहालद्धारा १ लाख सहयोग

धादिङ : धादिङको नीलकण्ठ नगरपालिका ५ खाल्टेमा रहेको चमेरे गुफा प्रवद्र्धनको लागि एनआरएनएका सह–कोषाध्यक्ष तथा अन्तर्राष्ट्रिय धादिङ समाजका प्रमुख सल्लाहकार लोकप्रसाद दाहालले १ लाख सहयोगगरेका छन । गुफा प्रवद्र्धन गरि पर्यटकलाई आकर्षीत गर्ने पुर्वाधार निमार्णमा सहयोग गर्नको लागि उनले सो रकम प्रदान गरेका हुन ।

माघे संक्रान्तिको अवसरमा चमेरे गुफा संरक्षण समितिले खाल्टे फ्याक्सेमा आयोजना गरेको छैटौँ गोरुजुधाई तथा विविध साँस्कृतिक कार्यक्रममा दाहाल प्रमुख अतिथि समेत रहेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले चमेरे गुफा प्रवद्र्धनका लागि अर्को वर्ष पर्यटक सहित गुफा अवलोकन गर्ने आउने प्रतिवद्धता समेत गरे ।

शिक्षा क्षेत्रमा अमुल्य योगदान दिदै आफुलाई समाज सेवामा समर्पित गरेका दाहालको नेतृत्वमा अहिले बुढाथुम स्थित बद्री विशाल माध्यमिक विद्यालयमा बेञ्जियका १३ जना नागरीकहरुले श्रमदानको साथै जीवन उपयोगी शिक्षा विद्यार्थीलाई सिकाई रहेका छन । साथै उनले यस अघि पनि सो विद्यालयको भवन निमार्ण लगायत अन्य शैक्षिक गतिविधि संचालनको लागि सहयोग गर्दै आईरहेका छन । दाहालसंग बेल्जियमबाट स्वयंसेवकको रुपमा नेपाल आएका नागरिकहरु पनि गोरु जुधाई हेर्न खाल्टे आएका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *