२०७६ माघ १५, बुधबार
Follow Us on:

टान पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराको कर सम्बन्धि अन्तरक्रिया कार्यक्रम भब्य रुपमा सम्पन्न

ईरोस थापा

ट्रेकिङ्ग एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराले वर्तमान समसायिक कर सम्बन्धि बिषयमा आफ्ना सदस्य कम्पनीहरुलाई जानकारी दिने उदेश्य अनुसार कर अधिकृतहरु सहित काशीराम पौडेल प्रमुख कर अधिकृत, आन्तरिक राजस्व कार्यालय, पोखराको प्रमुख अतिथ्यतामा टानका सदस्यहरु मिति २०७६ पौष २७ गते अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको अध्यक्षता टान पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष श्री हरि भुजेलज्युले गर्नु भएको थियो । सो कार्यक्रममा टानका पुर्व अध्यक्ष एवं सल्लाहकारहरु ,सदस्य कम्पनीका संचालक एबं प्रतिनिधीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य सहित संस्थागत अनुरोध पत्र सघंका अध्यक्ष श्री हरी भुजेलले वाचन गर्नु भएको थियो । पछिल्लो कर प्रणालीको बारे सक्षिप्त जानकारी आन्तरीक राजश्व कार्यालयका प्रमुख कर अधिकृत श्री क्रषिराम पौडेले दिनु भयो । तत्पश्चात बर्तमान समसायिक कर सम्बन्धि बिषयमा भोगेका समस्या राख्नको लागी टानका सदस्यहरुका लागी Floor Open गरिएको थियो ।

टानको पुर्ब अध्यक्ष एवं सल्लाहकारहरुको तर्फबाट श्री टिकाराम सापकोटाले आफनो मन्तव्य राख्नु भयो र निर्वतमान अध्यक्ष श्री दिपकराज अधिकारीले समसामायिक कर प्रणाली र त्यस्ले ट्रेकिङ व्यबसायमा पारेको अप्ठेरो फुकाउन कर अधिकृतहरुलाई पहल गर्न आग्रह गर्नु भयो ।

कायक्रमको दैरानमा उठेका समकामयीक विषयमा आन्तरिक राजस्व कार्यालयको धारणा सहित प्रमुख कर अधिकृत क्रषिराम पौडेले अतिथकिो मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रमको अन्त्यमा सघका अध्यक्ष श्री हरी भुजेलले प्रमुख अतिथीलाई मायाको चिनो प्रदान गर्नु भएको थियो । धन्यवाद ज्ञापन सहित सभाको बिर्सजन सघंका प्रथम उपाध्यक्ष श्री शुशिलराज पौडेलले गर्नु भएको थियो ।

कार्यक्रमको संचालन संस्थाका सचिव श्री जिबनराज सापकोटाले गर्नु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *