२०७७ माघ १२, सोमवार
Follow Us on:

केन्यामा बेचिएका नेपाली युवतीको हेरचाहमा केन्याली सरकार असफल भएको आरोप

काठमाडौं: केन्यामा मानव तस्करद्वारा बेचिएका नेपाली महिलाको उद्दारपछि हेरचाह गर्न केन्याली सरकार असफल भएको सामाजिक संस्था हार्टले आरोप लगाएको छ ।

हार्टका अनुसार अगस्ट महिनामा नोइरोबी बारबाट उद्दार गरिएका ३ नेपाली र २ जना भारतीयसँग बेचबिखन गिरोहको बारेमा सोधपुछको लागि थुनामा राखेपछि उनीहरुमा मानसिक समस्या देखिएको हार्टको एक रिपोर्टमा उल्लेख गरिएको छ । हार्ट मानव वेचविखन विरुद्ध केन्यामा काम गर्ने गैरसरकारी संस्था हो ।

उनीहरु ४ महिना पछि घर फर्कने बेलामा कतिपय बेहोश अवस्थामा रहेको, अस्पतालमा रहेर र कतिपय आत्महत्या गर्ने अवस्थामा पुगका हार्टले जनाएको छ ।

कतिपय केन्यालीले मसाज पार्लरलाई अघोषित रुपमा यौन अखडा बनेको उसले जनाएको छ ।

यसको साथै, स्थानीय मोम्मासामा बालबालिलाई जवरजस्ती अनैतिक कार्यमा संलग्न गराएकोले केन्याली सरकारलाई यस्ता गिरोह पक्राउ गर्न हार्टले आह्वान समेत गरेको छ ।

गत चैतमा केन्याको एक बारमा प्रहरीले छापा मारी १२ नेपाली युवतीलाई उद्दार गरेको थियो । केन्याको दोश्रो ठूलो शहर मोम्बासाको न्याली क्षेत्रमा रहेको रङ्गीला बारमा छापा मारी १२ नेपाली युवतीलाई उद्दार गरिएको थियो । उनीहरुलाई श्रावण महिनामा उद्दार गरी नेपाल ल्याइएको थियो ।

केन्याको प्रहरीले भने यौन धन्दा तथा मावन तस्कर गिरोहलाई लक्षित गरी आगामी दिनमा अझै प्रभावकारी कारवाही गरिने बताउँदै आएको छ ।

यो पनि पढ्नुहोस्

मुख्य समाचारहरु

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *