२०७७ जेष्ठ २४, शनिबार
Follow Us on:

एक कर्मचारीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भए पछि फेसबुक कार्यालय बन्द

अमेरिका : सामाजिक सञ्जाल फेसबुकको अमेरिकास्थित कार्यालयका एक कर्मचारीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै केही दिनका लागि कार्यालय बन्द हुने भएको छ ।

अमेरिकाको वासिंटन राज्यको शियाटलमा रहेको फेसबुकको कार्यालयमा काम गर्ने एक जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । ती कर्मचारीलाई कोरोना संक्रमणको पुष्टि भएसँगै अन्य कर्मचारीलाई घरबाटै काम गर्न सुझाइएको छ।

हालसम्म अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । मृतकमध्ये १० जना वासिंटन राज्यका र एकजना क्यालिफोर्नियाका रहेका छन् । अहिलेसम्म अमेरिकामा १ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । सबैभन्दा धेरै क्यालिफोर्नियामा ५७ जनामा संक्रमण देखिएको छ भने वासिंटन राज्यमा ४३ जनामा संक्रमण देखिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *