२०७८ साउन १४, बिहिबार
Follow Us on:

अन्तराष्ट्रिय धादिङ समाजको संयोजनमा स्थानिय तहलाई स्वास्थ्य सामाग्री हस्तान्त्ररण

धादिङ : अन्तर्राष्ट्रिय धादिङ समाजको संयोजनमा जिल्लाका ७ वटा स्थानिय तहलाई ’अति आवस्यक पर्ने स्वास्थ्य सामग्री तथा उपकरण हस्तान्तरण गरिएको छ ।

धादिङ समाज जापान, धादिङ समाज अष्ट्रेलिया, धादिङ समाज युएई, धादिङ समाज दक्षिण कोरिया, धादिङ समाज बेल्जियम, धादिङ समाज भारत लगायत विभिन्न राष्ट्रमा रहेका धादिङेहरुको सहयोगमा उक्त अभियान संचालन भएको हो ।

यस अघि पहिलो चरण अन्तर्गत धादिङ समाज जापानको पहलमा जिल्लाका धुनीवेशी नगरपालिका, थाक्रे गाउँपालिका, सिद्धलेख गाउँपालिका, गंगाजमुना गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपालिका र नेत्रावती डप्जोङ गाउँपालिकालाई स्वास्थ्य सामाग्री तथा उपकरण हस्तान्तरण गरिएको थियो ।

दोस्रो चरणको कार्यक्रम अन्तर्गत ज्वालामुखी गाउँपालिका, रुविभ्यालि गाउँपालिका, खनियावास गाउँपालिका, बेनिघाट रोराङ गाउँपालिका, गजुरी गाउँपालिका, गल्छी गाउँपालिका र नीलकण्ठ नगरपालिकालाई धादिङ अष्ट्रेलिया समाजका सल्लाहकार निराजन गौली र अध्यक्ष सविन थपलियाको विषेश पहलमा Community Partners International (CPI) र MIT Foundation अस्ट्रेलिया बाट प्राप्त Oxygen Concentrator २/२ थान सहित, प्रत्येक पालिकालाई समाजले खरिद गरेको नेवुलाईजर १० थान, केएन् ९५ माक्स १०० वटा, फेसमाक्स ४०० वटा, अक्सिमिटर ५ थान, गनथर्ममिटर १० थान र ग्लब्स ३ प्याकेट को दरले प्रदान गरिएको थियो । यसै बिच यस अघि धादिङ समाज जापानबाट पनि प्रत्येक पालिकालाई सोही परिमाण अनुसारको स्वास्थ्य सामाग्री तथा उपकरण हस्तान्तरण गरिएको थियो ।

‘’अति आवस्यक पर्ने स्वास्थ्य उपकरण स्थानीय स्वास्थ्य निकायहरुमा वितरण गरौ, आफन्तको ज्यान बचाऔँ”भन्ने अभियानका साथ सो कार्यक्रम संचालन गरिएको थियो ।

अन्तराष्ट्रिय धादिङ समाजका अध्यक्ष एनके अर्यालको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा बरिष्ठ जनस्वास्थ्य प्रशासक भुवन पौडेलको प्रमुख आतिथ्ता रहेको थियो । कार्यक्रम समाजका महासचिव प्रमोद भट्टले संचालन गरेका थिए भने स्वगत मन्तव्य बरिष्ठ उपाध्यक्ष दिनेश तामाङले राखेका थिए ।

साथै सामाग्री हस्तान्त्रण कार्यक्रममा समाजका प्रथम उपाध्यक्ष अर्जुन प्रसाद धरेल, कोषाध्यक्ष सविता सिटौला, सचिव दिपक कंडेल लगायत विभिन्न राष्ट्रका प्रतिनिधि र स्वास्थ्य संयोजकहरुको उपस्थिति रहेको थियो ।

गत वर्ष पनि समाजले जिल्लाका सबै स्थानिय तहमा स्वास्थ्य सामग्री र खाद्यान्न वितरण गर्नुको साथै ‘डिजिटल हेल्थ क्याम्प’ समेत संचालन गरेको प्रवक्ता राजन खकुरालले जानकारी दिए ।

यो पनि पढ्नुहोस्

मुख्य समाचारहरु

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *