२०७७ अशोज १४, बुधबार
Follow Us on:

प्रेमीसँग मिलेर श्रीमानको हत्या : घटना लुकाउन शव गाढेकाे खुलसा

गैंडाकोट : गैंडाकोट १८ हुर्चिलमा १४ महिनापछि प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेको रहस्य खुलेको छ । सो घटनाका विषयमा अनुसन्धान गरिरहेको प्रहरीले १४ महिनापछि प्रेमीसँग मिलेर श्रीमानको हत्या शवलाइ गाढेकाे पत्ता लगाएकाे हाे ।

गैंडाकोट १८ हुर्चिलका ४० वर्षिय धनबहादुर सुगरपार्क १४ महिना अघिदेखी सम्पर्कविहिन थिए । उनको श्रीमतीको शंकास्पद गतिविधिपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । प्रारम्भिक वयानका क्रममा आरोपित मृतककी श्रीमती ३८ वर्षिय फुलमाया सुगरपार्कले स्थानिय मेखबहादुर सुनारीसँगको मिलेमतोमा श्रीमानको हत्या गरि शव गाडेको बताएपछि प्रहरीले शव गाडेको स्थानमा खोजतलास गरिरहेको छ । उनि र सुनारी प्रेमी प्रेमीका रहेको जनाईएको छ ।

पक्राउ परेका मेखबहादुर सुनारीले शव गाडेको स्थान देखाएपछि उत्खनन् कार्य अघि वढेको हो । आरोपित उनीहरु दुवैजना प्रहरी नियन्त्रणमा रहेका छन् । उनीहरुको वयानका आधारमा घरदेखी करिब १ किलोमिटर टाढा रहेकाे गैंडाकोट १४ हुर्चिल, सुन्दरी सामुदायिक वनमा गाडेको शव तथ्य फेला परेकाे हाे ।

मृतकका २ छोरी रहेका छन् । उनिहरुको विवाह भईसकेको जनाईएको छ । घटनाका विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । विस्तृत विवरण आउन बाँकी रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *