२०७७ जेष्ठ २३, शुक्रबार
Follow Us on:

लकडाउनका कारण कृषक मारमा: १० हजार भन्दा बढी ज्यूँदै कुखुरा खाल्डोमा पुर्न बाध्य

सुरेश भट्ट

कञ्चनपुर, २७ चैत । कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले चैत ११ गतेदेखि लकडाउन गरेसंगै खोरमा हालेको कुखुरा भोकै मर्न लागेपछि कञ्चनपुरका कुखुरा ब्यवसायीहरुले ज्यूँदै कुखुरा खाल्डोमा पुर्न बाध्य भएका छन् ।

१ सय रुपैयाँमा ४ वटा कुखुरा बिक्रि गरेर पनि गाउँमा खपत हुन नसकेपछि अहिले व्यवसायीहरुले ज्यूँदै कुखुरा खाल्डोमा पुर्न बाध्य बनेका हुन् ।

सबै मासु पसल बन्द भएकोले उत्पादन भएको कुखुराले बजार नपाएको र भएको कुखुराको पनि ढुवानी हुन नसकेपछि आफुले कुखुरालाई खाल्डोमा पुरेको कुखुरा तथा अण्डा संघ कञ्चनपुरका अध्यक्ष बिक्रम नाथको दुखेसो छ ।

चारो सकिए पछि घरमा रहेको अन्न बालीले केही दिन कुखुरा पालेको र घरको अन्न पनि सकिएपछि खाल्डोमा हाल्न बाध्य भएको कुखुरा व्यवसायीहरुको भनाइ छ ।

कोरोना भाइरसको कारण कुखुरा व्यवसाय चौपट बनेको र आर्थिक उपार्जनका लागि कुखुरा व्यवसाय थालेका कुखुरापालकहरुको समेत कन्तविजोग भएको गुनासो उनीहरुको छ ।

मुलुकमा उत्पन्न विषम परिस्थितिका कारण घाटामा परेको कुखुरा व्यवसायी किसानको लगानी डुब्न नदिन सरकारसंग पहल गर्ने र आफ्नो वडाको तर्फबाट गर्न सकिने सहयोगको बारे विचार गर्ने भीमदत्त नगरपालिका ९ का वडाध्यक्ष राम नाथ बताउनु हुन्छ ।

कञ्चनपुरमा स्थानीय प्रशासनले राति ८ बजेपछि दाना ढुवानी गर्न दिने भनेपनि बजार सबै बन्द भएको कारण दाना ढुवानी र मासु बेच्न समस्या भएकोे कुखुरा ब्यवसायीको दुखेसो छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *