२०७७ जेष्ठ २४, शनिबार
Follow Us on:

विराटनगरमा लकडाउनले भोकभोकै परेका विपन्न तथा मजदूरहरुलाई निःशूल्क खानाको व्यवस्था

तारा आचार्य

विराटनगर: लक डाउनको समय थपिएपछि विराटनगरका सडकमा भोकभोकै परेका विपन्न मजदूर र वेसहाराहरुलाई विराटनगरको एक युवाहरुको समूहले निःशूल्क खाना खुवाउन थालेका छन् ।

विश्वनै कोरोना भाइरसको त्रासमा गुज्रिरहेको बेला नेपालमा पनि लकडाउनको १७ दिन वितेको छ । कोरोना विरुद्धको सरकारको लडाइमा सहयोग गर्दै विराटनगरका युवाहरुले विगत १० दिनदेखि दैनिक १ सय ५० जनालाई विहान बेलुका दुई छाक खाना खुवाउने गरेका छन् ।

स्थानीय सरकारले लकडाउनको १२ दिनपछि राहत वितरण गर्न थालेका छन् भने युवाहरुले गरीव विपन्न बर्गलाई निःशूल्क खाना खुवाई रहेका छन् । उनीहरुलाई हात धुन लगाउने, सेनीटाइजर लगाइदिने , खाना दिने र माक्स पनि वितरण गरिएको युवा पेरिस सुबेदीले जानकारी दिनुभयो ।

यसैगरी सामाजिक विकास मन्त्रालयले पनि युवाहरुसंगै सडकमा रहेकाहरुको स्वास्थ्य परीक्षण गर्न थालेको छ ।

उनीहरुको नाम उमेर ठेगाना लिनेर यदि कुनै किसिमको लक्षण देखिएमा सम्बन्धित अस्पतालमा राखेर उपचार गरिने स्वास्थ्य कार्यालय मोरङ प्रमुख ज्ञानबहादुर वस्नेतले जानकारी दिनुभयो ।

उहाँले युवाहरुले खाना खुवाउने समयमा हप्तामा एक पटक उनीहरुको स्वास्थ्य परीक्षण गरिने बताउनु भयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *