२०७७ जेष्ठ २४, शनिबार
Follow Us on:

लण्डनमा कोरोनाले पूर्व गोर्खा सैनिक चेतप्रसाद गुरुङको ज्यान लियो

काठमाडौं: लण्डनमा पूर्व बृटिस गोर्खा सैनिक चेतप्रसाद गुरुङको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

५९ वर्षीय वर्षीय गुरुङको लण्डनको ह्यारोस्थित नर्थ्विक पार्क अस्पतालमा उपचारका क्रममा मंगलबार साँझ मृत्यु भएको हो। उनी तमु धीं लन्डन इकाईका वरिष्ठ उपाध्यक्षसमेत थिए।

तमु धीं लन्डन महासचिव भरत गुरुङका अनुसार उनलाई करिब २ सातादेखि ज्वरो आएको थियो। उनी घरमै आइसोलेसनमा थिए। ६ दिन अघिदेखि श्वास फेर्न समस्या भएपछि एबुलेन्समा अस्पताल लगिएको थियो। मंगलबार साँझ उनलाई चिकित्सकले मृत घोषणा गरेका हुन्।

उनलाई पछिल्लो केही दिन भेण्टिलेटरमा राखिएको थियो। लामो समयदेखि श्रीमतीका साथ उनी लण्डनको अल्पर्टनमा बस्दै आएका थिए।

गुरुङको निधनप्रति तमुधि लन्डन इकाइले गहिरो शोक व्यक्त गरेको छ। यसअघि बेलायतमा एकजना भूपू गोर्खा सैनिक लीलाबहादुर राई र प्रशान्त अर्यालको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *