२०७७ जेष्ठ २४, शनिबार
Follow Us on:

विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८४ हजार नजिक, १४ लाख ५५ हजार बढी संक्रमित

काठमाडौं: विश्वभर महामारीको रुपमा फैलिरहेको प्राणघातक कोरोना भाइरस सङ्क्रमितको संख्या १४ लाख ५५ हजार ५१९ पुगिसकेको छ, भने ज्यान गुमाउनेको संख्या ८३ हजार ६६४ पुगेको छ ।

वल्र्डोमिटर्स डट इन्फोको ताजा अपडेट अनुसार कोरोना संक्रमणका कै कारण आज (बुधबार) मात्रै एक हजार ६३० जनाले ज्यान गुमाएका छन् ।

चीनको हुवे प्रान्तको वुहान शहरबाट शुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ । सोही बमोजिम सतर्कता अपनाउन पनि विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशका नागरिकलाई आग्रह गर्दै आएको छ ।

यद्यपि इटाली र स्पेन यस भाइरसका कारण भयावह स्थिति भएको छ । यो समाचार तयार पार्दासम्म इटालीमा ज्यान गुमाउनेको संख्या १७ हजार १ सय २७ पुगिसकेको छ । त्यस्तै संक्रमितको संख्या एक लाख ३५ हजार पाँच सय ८६ पुगेको छ, भने निको हुनेको संख्या २४ हजार, ३ सय ५२ पुगेको छ ।

त्यस्तै स्पेनमा पनि कोरोना संक्रमणका कारण १४ हजार ५ सय ५५ को ज्यान गइसकेको छ, भने संक्रमितको संख्या १ लाख ४६ हजार ६ सय ९० पुगिसकेको छ । निको भएर फर्कनेहरुको संख्या ४८ हजार २१ पुगेको छ ।

संयुक्तराज्य अमेरिकामा चार लाख चार हजार ६५ कुल सङ्क्रमित भएका छन् भने, १२ हजार ९८८ को ज्यान गइसकेको छ । यसैबीच २१ हजार ८१५ निको भएर फर्किएका छन् ।

फ्रान्समा एक लाख ९ हजार ६९ जना कुल सङ्क्रमित भएका छन् भने, १० हजार ३ सय २८ को मृत्यु भएको छ । यसैबीच १९ हजार ३३७ निको भएर फर्किएका छन् ।

यता चीनमा पनि ८१ हजार ८०२ कुल सङ्क्रमित भएका छन् भने, ३ हजार ३३३ को मृत्यु भएको छ । आज चीनमा ज्यान गुमाउनेको संख्या दुई जना थपिएका छन् । यसैबीच ७७ हजार २ सय ७९ निको भएर फर्किएका छन् ।

इरानमा ६४ हजार ५८६ कुल सङ्क्रमित भएका छन् भने, ३ हजार ९९३ को मृत्यु भएको छ । यसैबीच २७ हजार ३९ निको भएर फर्किएका छन् ।

बेलायतमा ५५ हजार २४२ कुल सङ्क्रमित भएका छन् भने, ६ हजार १५९ को मृत्यु भएको छ । यसैबीच १३५ निको भएर फर्किएका छन् ।

त्यस्तै, नेदरल्याण्डसमा पनि ज्यान गुमाउनेको संख्या २ हजार दुई सय ४८ पुगेको छ, भने संक्रमितको संख्या २० हजार ५४९ पुगेको छ, जसमध्ये २ सय ५० जना निको भइसकेका छन् ।

यस वेल्जियममा पनि ज्यान गुमाउनेको संख्या २ हजार २ सय ४० पुगेको छ । संक्रमितको संख्या २३ हजार ४०३ जना पुगेको छ, भने ४ हजार ६८१ निको भइसकेका छन् ।

यसैबीच, पोर्चुगल, टर्की, क्यानाडा, ब्राजिल, साउथ कोरिया, अष्ट्रियालगायतका देशहरुमा पनि सयौंले ज्यान गुमाइसकेका छन्, भने संक्रमितको संख्या हजारौं पुगिसकेका छन् ।

नेपालमा पनि कोरोना संक्रमितको संख्या ९ जना पुगेको छ, जसमध्ये एक जना निको भएर फर्किसकेका छन् । आठ जनाको उपचार भइरहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *