२०७७ जेष्ठ २४, शनिबार
Follow Us on:

सिरहाका एक चिकित्सकले आफ्नै रगत दिएर बचाए गर्भवती महिलाको ज्यान

दिलिपकुमार सहनी

सिरहासिरहाका एक चिकित्सकले आफ्नै रगत दिएर गर्भवती महिलाको ज्यान जोगाएका छन् ।

जिल्ला अस्पताल सिरहामा कार्यरत मेडिकल अधिकृत डा. दिलिप कुमार सदाका अनुसार मंगलबार सिरहाकी एक गर्भवती महिलाको डिलिभरी शल्यक्रिया मार्फत गर्न तत्काल ए पोजेटिभ रक्त समूहको आवश्यकता थियो ।

जिल्लामा रगतको अभावका कारण रगत भेटिएन । तर आफ्नै रक्त समूह ए पोजेटिभ भएकोले महिलालाई रक्तदान गरेको उनले बताए ।

उनी लगायत अन्य दुईजना जिल्ला अस्पताल सिरहामा कार्यरत मेडिकल अधिकृत अखिलेश चौधरी र डा.दीपक यादव समेतले रक्तदान गरेको उनले बताए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *