२०७६ चैत्र २६, बुधबार
Follow Us on:

झ्याल-ढोका फोडी घरभित्र छिरेर हातखुट्टा बाँधी ५ जनाले गरे सामुहिक बलात्कार !

नुवाकोट: पाँच जना डाकाहरूकाे समुहले एक महिलालाई सामुहिक बलात्कार गरी फरार रहेकामध्ये २ अभियुक्त पक्राउ परेका छन् ।

शिबपुरी गाउँपालिका वडा नं. ५ मा बस्ने ३७ की एक महिलालाई पाँच जनाकाे समुहमा आएका डाँकाहरूले सामुहिक बलात्कारका साथै चाेरी गरी फरार भएका थिए । जसमध्ये २ अभियुक्त पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक विष्णु फुयालले नुवाकोट जिल्ला साबिक माहाकाली गाविस वडा नं. ९ (हाल शिवपुरी गा.पा वडा नं.०५) बस्ने वर्ष २५ को उमेश तामाङ र जिल्ला नुवाकोट दुप्चेश्वर गा.पा वडा नं.०५ बस्ने बर्ष ३२ को सानोकान्छा तामाङलाई पक्राउ गरेकाे पुष्टि गरे ।

प्रहरी निरीक्षक फुयालले आफ्नै घरमा सुतिरहेको अवस्थामा उमेश तामाङ र सानोकान्छा तामाङ समेतका ५ जनाको समुह आई काठको झ्याल-ढोका फोडी घरभित्र प्रवेश गरेर पीडितको हातखुट्टा बाँधी करणी सम्बन्धी कसुर गरेकाे बताए । साथै उक्त समूहले निजको घाँटीमा लगाएको सुनको सिक्री तथा हातका औँठी लगायत घरमा रहेका अन्य जिन्सी र नगद लिएर गएकाे बताए । साेही सूचना प्राप्त हुनासाथ प्रहरी परिचालित भई फरारमध्ये २ जनालाइ पक्राउ गर्न सफल भएकाे र थप तीन जना फरार प्रतिबादीहरुलाई खाेजतलास गर्ने कार्य जारी रहेको फुयालले बताए ।

पीडित महिलाकाे लिखित जाहेरीका आधारमा दुई जनालाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । उनीहरू काठमाडाैँको कपन क्षेत्रबाट लुकीछिपी बसेको अवस्थामा पक्राउ परेका थिए ।

पक्राउ परेका दुवैलाई थप अनुसन्धानका लागि जिल्ला अदालत नुवाकोटबाट ५ दिनको म्याद थप गरिएको छ ।

सोही रात ती डाँका समुहले साेही स्थान बस्ने रामसिंह तामाङको घरमा समेत चोरी गरेपश्चात घरधनी रामसिंह तामाङलाई कुटपिट गरी फरार भएका थिए । पीडित रामसिंह तामाङले पनि प्रतिवादीहरुलाई चोरी सम्बन्धी कसुर (डाँका मुद्दा)मा जाहेरी दरखास्त दिएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *