२०७६ चैत्र २७, बिहिबार
Follow Us on:

कोरोनाको डरले घर हिँडेका बाबुछोराको सवारी दुर्घटनामा मृत्यु, श्रीमती घाइते

काभ्रे: बढी भिडभाड हुने काठमाडौंमा कोरोनाको त्रास बढी हुने भन्दै बच्न गृह जिल्ला फर्किएका बाबुछोराको सवारी दुर्घटनामा मृत्यु भएको छ ।

दुर्घटनामा परी उदयपुरको रौतमाई गाउँपालिका ४ का मीनबहादुर श्रेष्ठ र उनका छोरा सुविन श्रेष्ठको मृत्यु भएको हो । मीनबहादुरकी श्रीमती सुनिता घाइते भएकी छन् । उनको बनेपा स्थित शीर मेमोरियल अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

उनीहरु सवार मोटरसाइकललाई मिनिट्रकले ठक्कर दिँदा काभ्रेको बनेपामा बाबु छोराको मृत्यु भएको छ।

बनेपाबाट साँगातर्फ जाँदै गरेको बा ५ ख २३९० नम्बरको मिनी ट्रक र विपरित दिशाबाट आउदै गरेको बा ५७ प ७२८ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो ।

कोरोनाको डरको कारणले घर जान लागेका उनीहरुलाई काभ्रे जिल्लाको बनेपा नगरपालिका–१३ स्थित भैंसेपाटीमा मिनिट्रकले ठक्कर दिएको थियो । ठक्कर दिने मिनिट्रक र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *