२०७६ चैत्र २०, बिहिबार
Follow Us on:

महिला ट्राफिक प्रहरीले चिट काट्न छाडेर बीच सडकमै उठबस गराइन् (भिडियो सहित)

काठमाडौँ: सामाजिक संजालमा यति बेला एक भिडियो भाइरल भइरहेको छ। जसमा ट्राफिक प्रहरीले एक व्यक्तिलाई अनौठो कारवाही गरिरहेको देखिन्छ। भिडियोमा एक महिला ट्राफिक प्रहरी देखिन्छिन्। उनी एक व्यक्तिलाई उठबस गराइरहेकी देखिन्छन्। महिला ट्राफिक प्रहरीले उठबस गरिरहेकी ती व्यक्तिलाई केहि चेतवानी दिइरहेको पनि भिडियोमा देखिन्छ। करिब २० सेकेन्डको यस भिडियो तस्मीना आचार्यले टिकटक मार्फत सार्वजनिक गरेकी हुन्। शुक्रबार बिहान टिकटकमा उनले शेयर गरेको भिडियो हजारौंले हेरिसकेका छन्।

भिडियोमा प्रतिक्रिया जनाउँदै धेरैले ती महिला ट्राफिक प्रहरी प्रति सम्मान जताएका छन्। तर, केहिले भने चिट काट्ने छाडेर यस्तो कारवाही गर्न नमिल्ने भन्दै ती महिला ट्राफिक प्रहरीको आलोचना गरेका छन्। कानुनतः कुनै पनि सवारी चालकले ट्राफिक नियम उल्लंघन गरेमा ट्राफिक प्रहरीले आवश्यक कानूनी कारवाहीका लागि चिट काट्ने प्रावधान छ। चिट काटेर सवारीचालक अनुमतिपत्र जफत गर्ने कानुनी प्रावधान भएपनि ती महिलाले गरेजस्तो कारवाही गर्नपाउने प्रावधान छैन। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार यसरी बीच सडकमै उठबस गराउने कानुनी व्यवस्था छैन।

भिडियो

यो पनि पढ्नुहोस्

मुख्य समाचारहरु

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *