२०७६ चैत्र २७, बिहिबार
Follow Us on:

घरमै गम्भीर अवस्थामा फेला परेकी पूर्वसचिव कार्कीकी पत्नीको अस्पतालमा मृत्यु, घटना रहस्यमय

ललितपुर : आफ्नै निवासमा गम्भीर घाइते भएकी पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुनाको अस्पतालमा मृत्यु भएको छ । सानेपास्थित निवासमा गम्भीर घाइते भएकी उनलाई उपचारका लागि स्टार अस्पताल लगिएको थियो । अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । सोमबार नै कार्कीको घरमा काम गर्ने विशेष चौधरी पनि झुण्डिएको अवस्थामा मृत भेटिएका प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको ललितपुरका प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले जानकारी दिए ।

कामदारले पिर्काले हानेर पूर्वसचिव पत्नीको हत्या गरेको आशंका

ललितपुरको सानेपामा पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुनाको हत्यामा कामदारको संलग्नता हुनसक्ने आशंका गरिएको छ । अपराधस्थलमा खटिएका ललितपुर प्रहरी परिसर, जावलाखेलका एक अनुसन्धान अधिकृतका अनुसार भान्सामा रहेको पिर्का प्रहार गरेर कामदारले हत्या गरेको हुनसक्ने देखिएको हो ।

मुनाको हत्यामा संलग्न भनिएका कामदार दाङका विशेष चौधरी पनि मृत भेटिएका छन् । ‘प्रारम्भिक अनुसन्धानले पूर्वसचिवज्यूको मेडमलाई पिर्काले टाउकोमा हानेर आफू झुण्डिएको देखिएको छ’, ती अधिकृतले भने ।

याे भिडियाे एकदमै महत्वपुर्ण भएकाले एक पटक अबस्य हेर्नु हाेला ।

अर्धचेत अवस्थामा भेटिएकी मुनालाई उद्दार गरेर प्रहरीले स्टार हस्पिटल पुर्‍याएको थियो । तर, चिकित्सकले केहीबेरअघि मृत घोषणा गरेको ललितपुर प्रहरी परिसरका प्रमुख एसएसपी टेकप्रसाद राईले बताए ।

अहिले अपराध स्थलमा फरेन्सिक विज्ञको टोली पुगेर अनुसन्धान थालेको छ । ‘अहिले मुचुल्का गर्दैछौं’, ललितपुरका डीएसपी सन्तोष तामाङले भने ।

यसैबीच, उक्त घटनाका बारेमा पूर्व सचिवका एकजना छिमेकीले घरमै काम गर्ने केटाले उनको हत्या गरेको हुन सक्ने बताएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *