२०७६ चैत्र २७, बिहिबार
Follow Us on:

हुम्लामा चिसो: मृत्यु हुनेको संख्या ८ पुग्यो

हुम्ला: हुम्लामा चिसोका कारण माघ दोस्रो हप्तासम्म आठ जनाको निधन भएको छ । हुम्लाको दक्षिणी भेगमा पर्ने खार्पुनाथ गाउँपालिकामा गत पुस २८ गतेदेखि यही माघ दोस्रो हप्तासम्म आठ जनाको मृत्यु भएको हो ।

दक्षिणी भेगमा पर्ने खार्पुनाथ गाउँपालिकामा दुई, सर्केगाड गाउँपालिकामा एक र चङ्खेली गाउपालिकामा पाँचको मृत्यु भएको हो ।

हिमपात बढी हुने हुँदा दम, खोकी, निमोनिया र छाती सुन्निनेलगायत कारण मृत्यु भएको हुन सक्ने सर्केगाडका वडाध्यक्ष गजबहादुर राउतले टेलिफोनमार्फत जानकारी दिए । करीब तीन फिटसम्म बाक्लो हिमपात हुँदा जनजीवन कष्टकर हुनाका साथै कार्यालयमा काम गर्न कठिन भएको सहायक प्रजिअ दत्तराज हमालले जानकारी दिए ।

हिमपातका कारणले करीब एक महिनादेखि टेलिफोन र विद्युत् सेवामा अवरोध हुनाका साथै खाद्यान्न आपूर्तिमा समस्या भएको छ । त्यस्तै बैंक कारोवार पनि ठप्प भएको राष्ट्रिय वाणिज्य बैंक हुम्लाका प्रबन्धक सविता शाहीले जानकारी दिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *