२०७६ चैत्र २६, बुधबार
Follow Us on:

धनुषामा बोलेरो र मोटरसाइकल एक-आपसमा ठोक्किदा २ जनाको ज्यान गयो

धनुषा: धनुषामा आज भएको सडक दुर्घटनामा दुई जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएअनुसार बोलेरो र मोटरसाइकल ठोक्किदा एक महिला र एक पुरुषको ज्यान गएको हो ।

पूर्वपश्चिम राजमार्गको धनुषाको गणेशमान चारनाथ नगरपालिका-६ गोदार सडकखण्डमा भएको उक्त दुर्घटनामा सोही वडा बस्ने मोटरसाइकल चालक ५० वर्षीय जोगेन्द्र साह र उनकी पत्नी ४० वर्षीया प्रमिलाको घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकमा सवार साहका नौ वर्षीय छोरा जोन सामान्य घाइते भएको धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताए ।

पूर्वपश्चिम राजमार्ग खण्डमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा ६४ प ३०४८ नंको मोटरसाइकल र विपरीत दिशातर्फबाट आउँदै गरेको स१च १८५८ नंको बोलेरो ठोक्किदा उनीहरुको ज्यान गएको प्रहरी नायब उपरीक्षक कार्कीले जनाए ।

दुवैको शव जनकपुरस्थित प्रादेशिक अस्पताल ल्याइएको छ । ठक्कर दिने बोलेरो र चालकलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *