२०७६ चैत्र २०, बिहिबार
Follow Us on:

टिपरको ठक्करबाट भुवन केसीको ज्यान गयाे

नवलपरासी : गैंडाकोटमा टिपरको ठक्करबाट एक जनाको ज्यान गएके छ । प्रहरीका अनुसार टिपरको ठक्करबाट रूपन्देहीको बुटवल शीतलनगर बस्ने ३५ वर्षीय भुवन केसीको निधन भएको हो । 

बा ६७ प ७८८२ नम्बरको मोटरसाइकलमा सवार केसीलाई गैंडाकोट–८, मौलाकालिका होटेल अगाडि ना १ क ८३३० नम्बरको टिपरले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते केसीलाई उपचारका लागि जिल्ला अस्पताल चितवन लगिएकोमा त्यहीँ उनको निधन भएको प्रहरीले जनाएको छ ।

सोही दुर्घटनामा मोटरसाइकलको पछाडि सवार गैंडाकोट–५ का २६ वर्षीय शशि कपुर केसीकाे अवस्था गम्भिर रहेकाे छ । उनको नयाँ मेडिकल कलेज चितवनमा उपचार भइरहेको बताइएको छ । ठक्कर दिने टिपर र त्यसका चालकलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

मुख्य समाचारहरु

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *