२०७६ चैत्र २०, बिहिबार
Follow Us on:

मनकारी मेयर : जसले एक बृद्धकाे ऋण तिरिदिए, अनि कोट फुकालेर लगाइदिए

काभ्रे : काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर– ११ खरेलथोक निवासी ६८ वर्षीय वृद्ध गोपालप्रसाद खरेल बिहीवार एक थान थोत्रो बैशाखी टेकेर नगरपालिकाको कार्यालयमा छिरे । सरकारले दिएको अपांगता परिचय पत्र नवीकरणका लागि पुगेका थिए, उनी । 

अपांगता परिचय पत्र वितरणसम्बन्धी निर्देशिका संशोधन भएपछि खरेलको अपांगता परिचय पत्र (ख) बाट (ग) वर्गमा झरेको छ । त्यही विषयमा गुनासो गर्न र आफ्ना अन्य केही गुनासा सुनाउन उनी नगर प्रमुख महेश खरेलको कार्यकक्षमा छिरे ।

हातमा २ बैशाखी, खरानी रंगको दौरा, निलो कोठे गलबन्धी र शीरमा ऊनको टोपी, यस्तै थियो उनको हुलिया । भित्र पुगेर ती वृद्धले आफ्नो दु:ख बिसाए । मेयर खरेलले वृद्धको गुनासो धैर्यतापूर्वक सुने । 

जवाफमा उनले अपांगता परिचय पत्रसम्बन्धी त्यस किसिमको गुनासो आफूहरूले सरकारलाई लेखेर पठाइसकेको बताए ।

त्यसपछि जे भयो त्यो भने न ती वृद्धले सोचेका थिए, न त्यहाँ उपस्थित नगरपालिकाका कर्मचारीले नै । उनले आफूले लगाइरहेको कोट फुकालेर ती वृद्धलाई लगाइदिए । 

‘कोट नै फुकालेर दिनुहोला भन्ने त सोच्या थिएनौं,’ पाँचखाल नगरपालिकाको कार्यालयमा कार्यरत अधिकृत रमेश बञ्जाराले लोकान्तरसँग भने, ‘ल बुवा तपाईंको कोट पुरानो पनि भएको रहेछ, यो लगाउनुस् । अरू समस्या पनि म हेरौंला, चिन्ता नलिनुस्, भन्नुभयो ।’

मेयर खरेलले ती वृद्धले खानेपानी आयोजनाका लागि सहकारीबाट लिएको १८ हजार ऋण र तिर्न बाँकी ८ सय रुपैयाँ ब्याज पनि तिरिदिने वचन दिएका छन् ।

एडीबीको लगानीमा बनेको खानेपानी परियोजनामा स्थानीय उपभोक्ताले पनि ५ प्रतिशत योगदान गर्नुपर्ने थियो । सोही प्रयोजनका लागि ऋण दिएका थिए, गोपाल प्रसादले ।

ती वृद्धको शरीरमा न्यानो कपडा नगदेखेर आफ्नो कोट लगाइदिएको मेयर खरेलले बताए । ‘मैले त स्वैच्छाले लगाइदिएको हो, त्यहीँ रहेका साथीहरूले फोटो खिचेर फेसबूकमा हाल्नुभएछ,’ मेयर खरेलले भने, ‘यसरी फेसबूकमा हालेको मलाई मन परेको छैन । मैले प्रचारका लागि गरेको पनि हैन ।’ उनीले स्थानिय निर्वाचनमा नेपाली कांग्रेसबाट चुनाव जितेका हुन्र । लोकान्तरबाट

यो पनि पढ्नुहोस्

मुख्य समाचारहरु

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *