२०७६ चैत्र २६, बुधबार
Follow Us on:

धादिङ स्थानीय वडास्तरीय फुटबल प्रतियोगिताको फुटबल रेफ्रीबाट हटाएको भन्दै तामाङको हत्या

धादिङ: स्थानीय वडास्तरीय फुटबल प्रतियोगिताको रेफ्रीबाट हटाएको निहुँमा विवाद हुँदा एकजनाको हत्या भएको छ । खनियाबास–४, कुण्डलीखेतमा स्थानीय गुराँस युवा क्लबले आयोजना गरेको अन्तर वडा फुटबल प्रतियोगितामा २ दिनसम्म रेफ्री बसेका राम तामाङलाई रेफ्रीबाट हटाइएपछि विवाद भएको थियो ।

विवादकै क्रममा नेत्रावती–१, मार्पाक, थला निवासी तामाङ र उनका भाइ रोशन तामाङले मिलेर आगो फुक्ने जिआई पाइपको ढुंग्रो प्रहार गरेपछि खनियावास–४, घाम्साका ३३ वर्षीय शन्तबहादुर तामाङको मृृत्यु भएको हो ।मंगलवार राति करिव ११ बजे भएको उक्त घटनापछि दुवैलाई प्रहरीले मंगलबार राति नै नियन्त्रणमा लिइसकेको छ । झगडा परेपछि छुटाउन गएका रतन तामाङ र फले गुरुङ पनि घाइते भएका छन् । उक्त घटनामा सख्त घाइते भएका रतन तामाङलाई उपचारका लागि काठमाडौं लगिएको छ ।

प्रहरीका अनुसार फुटबल प्रतियोगितामा भएको विवादले उग्र रुप लिएपछि यो घटना भएको हो नेपाली सेनाका भगौडा समेत रहेका राम तामाङ यसअघि पनि विभिन्न घटनामा अवद्ध रहेको प्रहरीको रेकर्डमा उल्लेख छ ।थप अनुसन्धानका लागी जिल्ला प्रहरी प्रमुख रविन्द्र रेग्मी घटनास्थलतर्फ गएका छन् ।

यो पनि पढ्नुहोस्

मुख्य समाचारहरु

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *