२०७६ माघ १५, बुधबार
Follow Us on:

भारतीय प्रहरीको दादागिरी बर्दीमै चिसापानी स्थित कर्णाली पुल पुगे (भिडियो सहित)

indian police in nepal

कैलाली : भारतीय प्रहरी बर्दीमै चिसापानी–कर्णाली पुल घुम्न कैलाली पुगेर फर्किएका छन्। नेपालगञ्जको रुपेडीया नाका बाट ९ जना भारतीय प्रहरी पोशाकमै कर्णाली पुल हेर्न आएका थिए। कैलालीको चिसापानी पुगेपछि उनीहरुलाई प्रहरीले सामान्य सोधपुछ गरेकोमा भारतीय प्रहरीले घुम्न आएको प्रतिक्रीया दिएका थिए।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले नेपालमा भ्रमण बर्ष चलिरहेको थाहा पाएपछि उनीहरु कर्णाली पुल घुम्न आएको जानकारी दिए।

‘रुपेडीया सम्म भारतीय एक मन्त्रीको स्कटीङमा पुगेका भारतीय प्रहरी कर्णालीको नाम सुनेपछि नेपाली प्रशासनसंग समन्वय गरेरै घुम्न आएका हुन्,’ प्रहरी नायव उपरिक्षक बस्नेतले भने, ‘बाटोमा प्रहरी पोशाक बाहिर जकेट लगाएका थिए। कर्णालीमा फोटो खिच्दा कतिपयले जकेट खोलेका हुन सक्छन्।’उनले ९ जनाको टोली कर्णाली पुल हेरिसकेपछि आजै फर्किएको समेत दावी गरे। उनले भारतीय प्रहरीसंग हतियार भने नभेटिएको दावी गरे।

यो भिडियो पनि हेर्नुहोला

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *