२०७६ मंसिर २०, शुक्रबार
Follow Us on:

बर्लिनको पर्खालझैँ धरानको किल्ला ढलेको नेकपालाई पत्तै भएन

काठमाडौँ : धरान उपमहानगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवार तिलक राई जीत लगभग सुनिश्चित भएको छ । मात्र औपचारिकता बाँकी रहेको छ । एक वडाको मत गन्न बाँकी रहँदा राईले आफ्ना निकटतम प्रतिद्वन्द्वीमाथि २६ सयभन्दा बढी मतको अन्तर बनाउन सफल भएका छन् ।

सोमबार बिहानको ताजा मतपरिणामअनुसार ५३ हजार ५१५ मत गनिसक्दा नेपाली काँग्रेसका तिलक राईले २५ हजार ९९५ मत प्राप्त गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार प्रकाश राईले २३ हजार ३९३ मत ल्याएका छन् ।

यसअघि, धरानमा नेकपाका उम्मेदवार तारा सुब्बा विजयी भएका थिए । उनको निधनपछि धरानमा उपनिर्वाचन भएको हो ।

यसअघि, धरान उपमहानगरपालिकामा २० हजार ९७५ मत ल्याएर एमालेले चुनाव जितेको थियो । स्थानीय तहको निर्वाचनमा काँग्रेस उम्मेदवारले १६ हजार १०२ मत ल्याउँदा माओवादी उम्मेदवारले ११ हजार १८० मत ल्याएका थिए । एकीकरणपछि नेकपाको मत ३२ हजार १५५ हुनुपर्ने हो । तर, मतपरिणाम विपरित देखिएको छ ।

आफ्नो जीत सुनिश्चित भएपछि नेपाली काँग्रेस उत्साहित बनेको छ । अन्तिम मतपरिणाम आउन अघि नै अहिले मतगणना स्थलबाहिर नेपाली काँग्रेसका कार्यकर्ताहरुले विजय उत्सव शुरु गरिसकेका छन् ।

पार्टीका केन्द्रीय प्रवक्ता विश्वप्रकाश शर्माले परिणामप्रति खुसी व्यक्त गर्दै परिवर्तनको पक्षमा उभिएको धरानका जनतालाई बधाइ दिएका छन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘कसैले भने ‘पश्चिम बङ्गालझैँ हो धरान, लालझण्डा यहाँ सदैव माथी रहन्छ । बिर्सिए सबैभन्दा माथी जनताको मत रहन्छ । तिनलाई पत्तै भएन पश्चिम बङ्गालको राज अलि अघि स्वयम् ढलिसकेको थियो बर्लिनको पर्खालझैँ ! आज भानु चोकमा उभिएर धरानले भन्यो – म परिवर्तनको पक्षमा उभिन्छु । विन्रम बधाइ धरानलाई ।’

Bishwa Prakash शर्मा@bishwaprakash77

कसैले भने `पश्चिम् बंगाल´ हो धरान l लालझण्डा यहाँ सदैब माथी रहन्छ l बिर्सिए सबै भन्दा माथी जनताको मत रहन्छ l तिनलाई पत्तै भएन पश्चिम् बंगालको राज अलिअघी स्वयं ढलिसकेको थियो बर्लिनको पर्खालझैं !

आज भानु चोकमा उभिएर धरानले भन्यो म परिवर्तनको पक्षमा उभिन्छु l विन्रम बधाई धरानलाई l

View image on Twitter

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *