२०७६ मंसिर २३, सोमवार
Follow Us on:

दार्चुलाकाे आधा दर्जन भन्दा वढि सरकारी कार्यालयमा कर्मचारी नहँदा समस्या

ललित सामन्त

दार्चुला : दार्चुलामा आधा दर्जन भन्दा वढि कार्यालयका लेखापाल कर्मचारी नै छैन । कोष तथा लेखा नियन्त्रक कार्यालय दार्चुलाका अनुसार जिल्लामा रहेका सरकारी कार्यालयका आधादर्जन भन्दा वढि लेखापालहरु र सह लेखापालहरु नरहेको पाईएको हो ।

कोष तथा लेखा नियन्त्रण कार्यालय दार्चुलाका अनुसार सिमा प्रशासन कार्यालय, कारागार कार्यालय, मालपोत कार्यालय, जिल्ला समन्वय समितिको कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयमा लेखापाल अभाव रहेको छ ।

यस्तै महाकाली नदी नियन्त्रण आयोजना, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना परियोजना कार्यान्वयन इकाइ स्याउ जोन कार्यालय दार्चुलामा लेखापाल अभाब रहेको छ । तथ्याङ कार्यालय नापी कार्यालय मालपोत कार्यालय निर्वाचन कार्यालय, शिक्षा तथा समन्वय एकाई कार्यालयहरुमा अहिले लेखापाल तथा सह लेखापालका कर्मचारी नभएको कोष तथा लेखा नियन्त्रण कार्यालय दार्चुलाका सुचना अधिकारी धामीले बताउनु भयो । यस्तै जिल्ला अस्पतालमा पनि लेखापालको कर्मचारी नभएको जनाएको छ ।

यस्तै स्थानीय तह अन्तरगत महाकाली नगरपालिकामा लेखा अधिकृत बाहेक लेखापाल र सह लेखापालको दरबन्दी रिक्त रहेको छ । जिल्लाका नौवटै स्थानीय तहमा पनि अहिले लेखापालको दरबन्दी नरहेको कोष तथा लेखा नियन्त्रण कार्यालय दार्चुलाका सुचना अधिकारी धामीले जानकारी दिनु भएको छ ।

अहिले अधिकांश कार्यालयको लेखाको जिम्मेवारी अन्य लेखापालहरुले दोहोरो जिम्मेवारीमा हेरिरहेका छन् । एउटै लेखापालले दुइ तिन वटा कार्यालयको काम हेर्दा समयमै कार्य सम्पादनमा ढिलाइ हुने गरेको धामीले बताउँनुभयो ।

जिल्लाभरीबाट लेखा कर्मचारीको माग भएपनि दरबन्दी अनुसार जिल्लामा कर्मचारी नै उपलब्ध नभएको कारण कर्मचारी ब्यवस्थापन चुनौतीपुर्ण बन्दै गएको छ कोष तथा लेखा नियन्त्रक कार्यालय दार्चुलाका सूचना अधिकारी ईन्द्र सिह धामीले भन्नुभयो, लेखा कर्मचारी अभाबकै कारण समाजिक सुरक्षा भत्ता निकासा, आर्थिक कारोवार र कार्यालय तथा स्थानीय तहहरुको फाटवारी तथ्याङकनै समयमा उपलब्ध नहुने समस्या रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *