२०७६ मंसिर २३, सोमवार
Follow Us on:

मापसे चेक गर्ने प्रहरीलाई १ हजार रुपैयाँ घुस, मोटरसाइकल चालक पक्राउ

काठमाडौं: मादक पदार्थ सेवन गरेका मोटरसाइकल चालक प्रहरीलाई घुस दिने क्रममा पक्राउ परेका छन् ।

महानगरीय प्रहरी प्रभाव काँडाघारीबाट खटिएको प्रहरी टोलीले मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउँदै गरेका २ जनालाई घुस दिन खोज्दा पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बा ६९ प ९३६६ नम्बरको मोटरसाइकल चालक कागेश्वरी मनहरा नगरपाकिला–७ बस्ने दोलखा घर भएका २८ वर्षीय अनुप सुवेदी र सोही ठाउँ बस्ने बा ८७ प ३२०४ नम्बरको मोटरसाइकल चालक २८ वर्षीय अनुप सुवेदी छन् ।

मापसे चेकजाँचमा खटिएको प्रहरीलाई १ हजार रुपैयाँ घुस दिएर प्रभावमा पार्न खोज्दा दुवै जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी प्रभाग काँडाघारीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *