२०७६ मंसिर २३, सोमवार
Follow Us on:

टान निर्वाचन : यि हुन् अन्जन थापा (कुमार) समुहका उमेद्धार

काठमाडौँ : यति बेला ठमेलका ट्रेकिङ व्यवसायीहरू चुनावी माहोलमा होमीएका छन् । चुनावमा जित हासिल गर्नको लागि अहिले सबै उमेद्धारहरु भोट माग्नमा व्यस्त छन् भने सबैले आ–आफ्नै एजेण्डाहरु समेत प्रष्टरुपमा अगाडि सारेका छन् । यसै बिच आज हामीले अन्जन थापा (कुमार) समुहका उमेद्धारहरुको चिनारी पस्कने कोशिस गरेका छौँ ।

अञ्जन थापा (कुमार)
अध्यक्ष (उमेदवार)
९८५१०३६७८५
असाही ट्रेक्स एन्ड एक्सपेडिसन प्रा. लि.

काठमाडौँसँगै जोडिएको धादिङ जिल्लामा २०३४ सालमा जन्मिनु भएका अञ्जन थापा (कुमार) सफल युवा पर्यटन व्यवसायीका रुपमा परिचित हुनुहुन्छ । सबैलाई समन्वय गरेर लैजान सक्ने क्षमता राख्ने थापाले आम सञ्चारमा प्रविणता प्रमाणपत्र तहको अध्ययन पूरा गर्नु भएको छ । आमसञ्चारको अध्ययनकै सिलसिलामा पर्यटन क्षेत्रमा सक्रिय बन्नु भएका थापा निरन्तरको लगनशिलता र मेहनतका कारण सानै उमेरमा सफल युवा पर्यटन व्यवसायी हुनुहुन्छ । पर्यटनको क्षेत्रमा वि. स. २०५४ सालबाट उहाँले प्रवेश गर्नु भएको हो ।

काठमाडौं, दरबारमार्ग स्थित चारतारे होटल उडल्याण्डको समेत संचालक रहेका थापाले हिमालयन ईन्टरनेशनल योगा एकेडेमी, व्युटिफुल काठमाडौँ होटल, ट्रस्ट एन्ड केयर मन्टेश्वरी स्कुल र अदृश्य फाउण्डेसन नेपाल जस्ता व्यवसायिक र गैरमूनाफा रहित संस्थाहरुको संचालन गर्नाको साथै पदयात्रा व्यवसायमा असाही ट्रेक्स एन्ड एक्सपेडिसनको सञ्चालन गरि रहनुभएको छ । व्यवसायसँगै सामाजिक कार्यमा सक्रिय उहाँ लायन्स क्लवमा नेपाल टुरिजम्को अध्यक्ष हुनुहुन्छ भने हाल लायन्स क्लवको रिजनल चियर पर्सन हुनुहुन्छ ।

ट्रेकिङ एजेन्सीज् एसोसियसन अफ नेपाल (टान) को पूर्व कोषाध्यक्ष, पर्यटन सेवा संघको पूर्व उपाध्यक्ष, नेपाल उद्योग तथा व्यवसायी महासंघको केन्द्रीय सदस्यको समेत रहिसक्नु भएको थापा पर्यटन वर्ष २०२० लाई सफल बनाउन दत्तचित्त भएर लागि रहनु भएको छ । नेपालका करीब ६० वटा जिल्ला र विश्वका करीब ५० बढी देशको भ्रमण गरीसक्नु भएका थापाले विश्व बजारमा नेपालको पर्यटन प्रबद्र्धनलाई प्रभावकारी ढंगले गर्दै आइरहनु भएको छ । सफल र अनुभवी व्यवसायीको हैसियतले उहाँसँग टानलाई कुसल ढंगले नेतृत्व गर्न सक्ने क्षमता छ ।

ऋषिप्रसाद नेपाल
वरिष्ठ उपाध्यक्ष (उमेदवार)
९८५१०९०१०५
इनकाउन्टर्स नेपाल डटकम प्रा. लि.

वि. सं. २०३६ साल बैशाख १ गते धादिङको गंगा–जमुना नगरपालिका – ५ मा जन्मिनु भएका नेपाल हाल इनकाउन्टर्स नेपाल डटकमको प्रवन्ध निर्देशक हुनुहुन्छ । काठमाडौँ इन्भाइरोमेण्टल एजुकेशन प्रोजेक्ट (कीप) को कोषाध्यक्ष समेत रहनु भएका नेपाल यो व्यवसायमा करीब २० वर्षदेखि आवद्ध रहँदै आउनु भएको छ ।

यो क्षेत्रमा निकै लामो आनुभव बटुल्नु भएका नेपालले व्यवस्थापनमा प्रविणता प्रमाणपत्र तहसम्मको अध्ययन पूरा गर्नुभएको छ । व्यवसायकै सिलसिलामा भुटान, तिब्वत अष्ट्रेलिया, अमेरिका, बेलायत लगायत २२ वटा देशको भ्रमण गर्नु भएका नेपाल हाल शुभकामना इग्लिस बोर्डिङ स्कूलको अध्यक्षसँगै स्तूपा भ्यु इन होटलको अध्यक्ष र फुलखर्क होमस्टेको सञ्चालक समेत हुनुहुन्छ । कुरा होइन काम गरेर परिणाम देखाउनुपर्छ भन्ने नेपाल अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको पर्यटन व्यवसायलाई अझ उचाईमा पु¥याउने हो भने मात्रै “खुशी नेपाली समृद्ध नेपाल” निर्माणको अभियान पूरा हुने बताउनुहुन्छ । कुशल व्यवस्थापकीय क्षमताका कारण टीमलाई मिलाएर लैजाने उहाँको अर्को सकारात्मक पक्ष हो ।

प्रकाशचन्द्र देवकोटा
प्रथम उपाध्यक्ष (उमेदवार)
९८५१०२९६१३
नेपाल गाइड ट्रेक्स एण्ड एक्सपिडिसन प्रा. लि.

२०३२ सालमा गोरखा जिल्लाको भिमसेन गाउँपालिका खागीथोकमा जन्मिनु भएका देवकोटा करीब २२ वर्षदेखि टेकिङको क्षेत्रमा आवद्ध रहँदै आउनु भएको छ । प्रविणता प्रमाणपत्र तहको अध्ययन पूरा गर्नु भएका देवकोटाले नेपाल गाइड टेक्स एण्ड एक्सपीडीसन प्रालि भने सन् २००९ सालमा स्थापना गर्नुभएको हो । उक्त संस्थाको प्रवन्ध निर्देशक रहनु भएका देवकोटा यो क्षेत्रमा पदयात्रा क्षेत्रको तल्लो तहदेखि नै क्रियाशिल रहँदै आउनु भएको हो ।

पदयात्रा व्यवसायको सहयोगी कर्मचारी र गाइड हुँदै कम्पनी संचालकसम्म बन्नु भएका उहाँ सहासिक पर्वतीय पर्यटन व्यवसायलाई राम्ररी बुझेको व्यक्तित्व हुनुहुन्छ । इन्भाइरोमेण्टल टेकिङ, द ग्रेट एडभेञ्चर टे«क्स प्रा. लि. जस्ता संस्थामा रहेर काम गरी सक्नु भएका उहाँ मजदुर र मालिक बीचको सम्वन्धलाई पनि नजिकबाट नियाल्ने क्षमता राख्नुहुन्छ । अष्ट्रेलियाको फ्रेण्स अफ नेपालसँग समेत आवद्ध रहनु भएका उहाँको समाज सेवामा पनि उत्तिकै रुची छ । उहाँले सोही संस्था मार्फत डोल्पा लगायतका जिल्लाहरुमा समेत शिक्षा र स्वास्थ्यको क्षेत्रमा योगदान गर्दै आउनु भएको छ ।

तेन्जिङ शेर्पा
द्धितीय उपाध्यक्ष (उमेदवार)
९८४१३१५१५०
पिओर भिजन एडभेञ्चर

सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका – ३ मा २०३९ साल जेठ १० गते जन्मिनु भएका तेञ्जिङ शेर्पा टेकिङ व्यवसायमा लामो अनुभव सङ्गालेको व्यक्ति हुनुहुन्छ । उहाँ हाल पिओर भिजन एडभेञ्चर प्रा. लि. का प्रवन्ध निर्देशक हुनुहुन्छ । प्रविणता प्रमाणपत्र तहको अध्ययन पूरा गर्नु भएका शेर्पा सहासिक पर्वतिय पर्यटन व्यवसायमा राम्रो ज्ञान राख्नु हुन्छ भने विगत करीब १७ वर्षदेखि यो सहासिक पर्वतिय पर्यटन व्यवसायको विभिन्न पेशामा निरन्तर रुपमा क्रियाशिल हुँदै आइरहनु भएको छ ।

सानो उमेरमै सफल व्यवसायी बन्ने थोरै व्यक्ति भित्र पर्नुहुने शेर्पा सहासिक पर्यटनको माध्यमबाट नै नेपालको ग्रामिण समुदाय र समग्र राष्ट्रको आर्थिक रुपान्तरण गर्न सकिन्छ भन्ने सोँच राख्नु हुन्छ । व्यवसायिक प्रवद्र्धनकै सिलसिलामा युरोपका विभिन्न मुलुकको भ्रमण गर्नु भएका शेर्पाले जापान, सिङ्गापुर, हङकङ, चीनलगायतका मुलुकको पनि भ्रमण गर्नुभएको छ । नेपाल शेर्पा संघको केन्द्रीय सदस्यको समेत जिम्मेवारीमा रहनु भएका शेर्पा सामाजिक क्षेत्रमा समेत आवद्ध हुनुहुन्छ ।

सरिता लामा
महासचिव (उमेदवार)
९८४१४८५२६१
अफ द वाल ट्रेकिङ प्रा.लि.

नर्सिङ्ग पेशामा आवद्ध रहँदारहँदै सन् २००४ तिर पेशा छाडेर ट्रेकिङ व्यवसायमा लाग्नु भएकी लामा रामेछाप जिल्लाको तत्कालिन ददुवा गाविस, दोरम्बामा २०३८ साल पुष १९ गते जन्मिनु भएको हो । स्नातक तह अध्ययन पूरा गर्नु भएकी लामा लामो समयदेखि विकट ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा दिँदै पर्वतिय पर्यटन प्रवद्र्धनमा समेत क्रियाशिल रहँदै आइभएको छ ।

अफ द वाल ट्रेकिङ प्रा. लि. को प्रबन्ध निर्देशक लामासँग पर्यटन र त्यसमा पनि टेकिङ व्यवसायको क्षेत्रमा निकै लामो अनुभव छ । इमान्दारीता, धैर्यता, दृढ विश्वास, अथक परिश्रम र लगानशीलताले सफलता हासिल गर्नु भएकी लामा टानलाई पारदर्शी, व्यवसायिक र परिस्कृत संस्थाको रुपमा स्थापित गराउनु पर्ने बताउनुहुन्छ । युरोप, पाकिस्तानलगायतको भ्रमण गर्नु भएकी लामाले टानमा सदस्यको समेत जिम्मेवारी कुसल ढंगले पूरा गर्नु भएको छ । रिमठिम नेपालको महासचिव, हिमालय स्टोभ प्रोजेक्टको देशीय प्रतिनिधिलगायतको जिम्मेवारीमा समेत रहनु भएकी लामा महासचिवको शसक्त उम्मेदवार मानिनुहुन्छ ।

दामोदर ढकाल
सचिव (उमेदवार)
९८२०७२८७०
मिसन नेपाल होलिडेज प्रा. लि.

सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिका वडा – ९, राम्चेमा जन्मिनु भएका दामोदर ढकाल हाल मिसन नेपाल होलिडेज प्रा.लि. का प्रवन्ध निर्देशक हुनुहुन्छ । वि. सं. २०४३ सालमा जन्मिनु भएका ढकाल करीब २२ वर्षदेखि पदयात्रा पर्यटन क्षेत्रमा आवद्ध हुनुहुन्छ । स्नातकसम्मको अध्ययन पूरा गर्नुभएका उहाँ विभिन्न संघ–संस्थासँग पनि आवद्ध हुनुहुन्छ ।

निशानदेवी सहकारी संस्थाका सञ्चालक सदस्य समेत रहनु भएका उहाँले पर्यटन प्रवद्र्धनका सिलसिलामा अमेरिका, क्यानडा, जर्मनी, डेनमार्क, इटली लगायत एशियाका चीन, सिङ्गापुर आदि तीन दर्जन बढी देशको भ्रमण गर्नुभएको छ । पदयात्रा व्यवसाय क्षेत्रमा लामो अनुभव बटुल्नु भएका ढकाल समृद्ध नेपाल निर्माणमा अभियानमा पर्यटन क्षेत्रको विकास अनिवार्य भएकाले यो क्षेत्रमा दत्तचित्त भएर लागेको बताउनुहुन्छ ।

टेकबहादुर खकुराल
कोषाध्यक्ष (उमेदवार)
९८५११५३१९४
ले पोख्त दि लाभेञ्चुर प्रा.लि.

धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका – १, सल्यानटारमा वि. सं. २०२६ असार २५ गते जन्मिनु भएका खकुराल प्राज्ञिक व्यक्तित्वका रुपमा परिचित हुनुहुन्छ । पाटन साइन्स कलेजबाट आइएस्सी र शंकरदेव क्याम्पसबाट एमवीएस गर्नु भएका खकुरालले कानुनमा समेत स्नातक गर्नु भएको छ । फुड एण्ड वेभरेज क्षेत्रको क्याप्टेनका रुपमा होटल व्यवसायको क्षेत्रमा प्रवेश गर्नु भएका खकुरालले करीब ८ वर्ष त्यहि त्यही पेशामा निरन्तर रहँनु भयो । यसैक्रममा उहाँले होटल याक एण्ड यतिमा ‘वर्टलर’का रुपमा पनि काम गर्नुभएको थियो ।

सन् १९९८ बाट व्यवसायिक टुर गाईडका रुपमा काम गर्दै आउनु भएका खकुरालले सन् १९९९ बाट ले पोख्त दि लाभेञ्चुर टे«क्स एण्ड एक्सपिडिसन प्रा. लि. सञ्चालन गर्दै आउनु भएको छ । हाल काठमाडौँ गार्डेन होम होटल र एस्ट्रा हिमालय ट्राभल एण्ट टुरका प्रवन्ध निर्देशक खकुराल गणेश हिमाल पर्यटन विकास समितिको प्रथम उपाध्यक्ष, लाइन्स क्लव अफ काठमाडौँ फ्रेण्डसीपका अध्यक्ष, किवानी क्लव अफ धादिङका इलेक्ट्रेट अध्यक्ष समेत रही सक्नु भएको छ । फ्रेञ्च भाषामा समेत डिप्लोमा उहाँले पहिलो पटक सन् १९९९ मा फ्रान्स तथा स्वीजलल्याण्डको भ्रमण गर्नुभएको थियो । उहाँले व्यवसायकै सिलसिलामा जापान, बैंकक, चीन, भुटानलगायतका देशको भ्रमण गर्नुभएको छ ।

प्रदीप पण्डित
सह–कोषाध्यक्ष (उमेदवार)
९८५१०७०४६९
अलपाइन कैलाश ट्रेक प्रा.लि.

काठमाडौँसँगै जोडिएको नुवाकोट जिल्लाको ताराकेश्वर – ४ मा वि. सं. २०४७ पुस १४ मा जन्मिनु भएका प्रदीप पण्डित हाल अलपाइन कैलाश ट्रेक प्रा. लि. का प्रबन्ध निर्देशक हुनुहुन्छ । सह–कोषाध्यक्ष पदमा उम्मेद्वारी दिनुभएका पण्डित विगत १२ वर्षदेखि पर्यटन व्यवसायमा आवद्ध हुनुहुन्छ । स्नातक तहको अध्ययन पूरा गर्नु भएका पण्डितले टानमा आर्थिक अनुशासन र पारदर्शिता कायम गरी आगामि दिनमा टानलाई आर्थिक रुपमा सम्बृद्ध र सवल बनाउन प्रतिवद्ध हुनुहुन्छ । उहाँले व्यवसायिक प्रवद्र्धनकै सिलसिलामा युरोपका विभिन्न देश तथा एसियाका चीन मलेसिया, सिङ्गापुरलगायतको पनि भ्रमण गर्नुभएको छ ।

ठाकुरप्रसाद सापकोटा
सदस्य (उमेदवार)
९८५१०७६२७०
एशियाना टेक्स एण्ड टुर्स प्रा. लि.

वि. सं. २०२१ बैशाख १९ मा धादिङ जिल्लाको नेत्रावती डवजोङ गाउँपालिका – ५, विहारथोकमा जन्मिनु भएका सापकोटाले गणेश हिमाल ट्रेकिङबाट सन् १९९२ बाट पर्यटन क्षेत्रमा पाइला टेक्नु भएको हो । हिमालय सिनरी टे«क्स प्रा. लि., मोजाइक एडभेञ्चर, अर्थबाउण्ड एक्सपिडिसन लगायतका संस्थामा काम गरेपछि आफ्नै पौरखमा वि. सिं. २०६८ सालमा एशियान टेक्स एण्ड टुर्स प्रा. लि. सञ्चालनमा ल्याउनु भएका सापकोटाले प्रविणता प्रमाणपत्र तहको अध्ययन पूरा गर्नूभएको छ । व्यवसायी र मजदुरबीचको समस्यालाई गहिरोसँग बुझ्नु भएका सापकोटासँग समस्यालाई समाधान गर्न सक्ने कुशल क्षमता पनि छ ।

समाज सेवामा समेत क्रियाशिल सापकोटाको सक्रियतामा जिल्लामै नमूना प्राथमिक विद्यालय स्थापना भएको थियो । सो विद्यालयको व्यवस्थापन समितिको पूर्व अध्यक्ष समेत रहनु भएका उहाँ नेपाल रेडक्रस सोसाइटीको आजीवन सदस्य हुनुहुन्छ भने कटुञ्जे उपशाखाको कार्यकारी सदस्य, क्षयरोग निवारण आयोगको आजीवन सदस्य, नेपाल मानव अधिकार सरोकारको आजिवन सदस्य, समाज विकास संस्था नेपालको उपाध्यक्ष लगायतका जिम्मेवारी पनि उहाँले सम्हाल्नु भएको छ ।

माज सेवामा समेत क्रियाशिल सापकोटाको सक्रियतामा जिल्लामै नमूना प्राथमिक विद्यालय स्थापना भएको थियो । सो विद्यालयको व्यवस्थापन समितिको पूर्व अध्यक्ष समेत रहनु भएका उहाँ नेपाल रेडक्रस सोसाइटीको आजीवन सदस्य हुनुहुन्छ भने कटुञ्जे उपशाखाको कार्यकारी सदस्य, क्षयरोग निवारण आयोगको आजीवन सदस्य, नेपाल मानव अधिकार सरोकारको आजिवन सदस्य, समाज विकास संस्था नेपालको उपाध्यक्ष लगायतका जिम्मेवारी पनि उहाँले सम्हाल्नु भएको छ ।

श्रीराम अधिकारी
सदस्य (उमेदवार)
९८५१०२९४०२
इपिक एडभेञ्चर प्रा. लि.

धादिङको गंगा–जमुना गाउँपालिका – ५ मा वि. सं. २०३८ साल बैशाख ९ गते जन्मिनु भएका अधिकारीले सन् १९९९ बाट होटलको क्षेत्रबाट आफ्नो पेशा प्रारम्भ गर्नु भएको हो । हाल इपिक एडभेञ्चर प्रा. लि., काठमाडौँ एडभेञ्चर ट्राभल्स एण्ड टुर्स र नेपाल कुकिङ स्कूलको प्रवन्ध निर्देशक रहनु भएका अधिकारीले टेकिङ क्षेत्रमा भने अर्थ वाउण्ड एक्सपिडिसनबाट सन् २००२ बाट प्रवेश गर्नुभएको हो । करीब १३ वर्ष भारत, चीन, स्वीजरल्याण्डलागयतका देशमा गाइडका रुपमा काम गर्नु भएका उहाँले मानविकी संकायबाट स्नातक गर्नु भएको छ । टेकिङ, क्लाइम्बिङ र सिटी टुर गाइडका रुपमा समेत काम काम गर्नुभएका अधिकारीले खुम्बु क्लाइमीङ स्कुलबाट क्लाइम्बिङ तालिम र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानबाट टेकिङ गाइड र टुर गाइडको समेत तालिम प्राप्त गर्नु भएको छ । उहाँ नेपाल रेडक्रस सोसाइटीको आजिवन सदस्य र लाइन्स क्लव चार्टर सदस्य समेत हुनुहुन्छ ।

मिङमा तेन्जिङ शेर्पा
सदस्य (उमेदवार)
९८४१६३६३८५
रोलवालिङ एक्सकन्र्सन प्रा.लि.

वि. सं. २०४५ सालमा दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका वडा नम्बर – ९, रोलवालिङमा जन्मिनु भएको शेर्पा करीब १० वर्षदेखि सहासिक पर्वतिय पदयात्रा क्षेत्रमा आवद्ध रहँदै आउनु भएको छ । व्यवस्थापनमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गर्नु भएका शेर्पा सहासिक पर्यटन क्षेत्रसँगै विभिन्न सामाजिक संघसंस्थामा पनि आवद्ध हुनुहुन्छ । रोल्वालिङ गुम्वा तथा विद्यालय व्यवस्थापन समितिको कोषाध्यक्षसँगै विभिन्न संघसंस्थामा अनुसन्धानकर्ताका रुपमा पनि काम गरेको अनुभव उहाँसँग छ ।

शेर्पा समुदायको संस्कृति परम्परा आदिको बारेमा राम्रो दख्खल राख्ने शेर्पा टे«किङ गाइड तालिमको श्रोत व्यक्तिको रुपमा पनि क्रियाशिल हुनुहुन्छ । सहासिक पवएतिय पर्यटनको क्षेत्रमा केही गर्नुपर्छ भन्ने उच्च मनोबलका साथ अघि बढ्नु भएका युवा पर्यटन व्यवसायी शेर्पा यो क्षेत्रका लागि उदयमान व्यक्ति हुनुहुन्छ ।

ङिमादिकी शेर्पा
सदस्य
९८५१२३०९६२
नेपाल शेर्पा ओमेन ट्रेक्स प्रा. लि.

खुम्बु पासाङलामु गाऊँपालिका — १ खरिखोला, सोलूखुम्बुमा पर्यटनकर्मी परिवारमै जन्मिनु भएकी ङिमादिकी शेर्पा लामो समयदेखि यहि क्षेत्रमा आवद्ध हुनुहुन्छ । हाल नेपाल शेर्पा ओमेन टे«क्स प्रा. लि. को प्रवन्ध निर्देशकका रुपमा कार्यरत् शेर्पाले पर्यटन विषयमा स्नातकसम्मको अध्ययन पूरा गर्नुभएको छ । शेर्पासँग पर्यटन क्षेत्रको राम्रो अनुभव रहेको छ । नेपालको मुख्य ३ खम्बे आर्थिक श्रोतमध्ये एक पर्यटन क्षेत्रको खस्कदो अवस्थालाई केही उचाइमा पु¥याउन र समृद्ध नेपाल निर्माणको अभियानलाई सार्थक बनाउन पर्यटनको क्षत्रेलाई चलायमान बनाउनुपर्छ भन्ने शेर्पासँग करीब ११ वर्ष अमेरिकामा बसेर पर्यटनकै क्षेत्रमा अध्ययन र काम गरेको पनि अनुभव पनि छ ।

नेपालको पर्यटनको दीर्घकालीन विकास र सम्भाव्यताको लागि विस्तृत अध्ययन गरी नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय तथा सरोकारवाला सम्बन्धित निकायसँग सहकार्य गरी कार्य योजना बनाई अघि बढाउन सक्ने क्षमता पनि उहाँसँग छ । उहाँ भ्रष्टाचारविरुद्ध नागरिक अभियानसँग पनि आवद्ध हुनुहुन्छ । कुरालाई भन्दा कामलाई बढी प्राथमिकता दिनुपर्छ भन्ने उहाँ महिलाले पनि अवसर पाउने हो भने देशको समृद्धिमा एउटा इट्टा थप्न सक्छन् भन्ने मान्यता राख्नुहुन्छ ।

प्रेम बहादुर लामा
सदस्य (उमेदवार)
९८५१०७३१७७
टिबेट होलिडेज प्रा. लि.

कर्णाली प्रदेशको पनि निकै विकट मानिने हुम्ला जिल्लाको सिमकोट गाउँपालिका – १ मा सन् १९७९ मा जन्मिनु भएका लामाले प्रविणता प्रमाणपत्र तहको अध्ययन पूरा गर्नुभएको छ । सन् २००३ बाट टेकिङ व्यवसायको क्षेत्रमा प्रवेश गर्नु भएका लामाले सन् २०१० बाट टिबेट होलिडेज प्रा. लि. को सुरुवात गर्नुभएको हो । हाल सो कम्पनीको प्रवन्ध निर्देशकको जिम्मेवारीमा रहनु भएका लामा कर्णालीको विकासमा पनि त्यत्तिकै सक्रिय हुनुहुन्छ । पर्यटनको माध्ययमबाट कर्णालीको विकासमा कम्मर कसेर लाग्नु भएका लामा कर्णाली टुरिजम इन्टरपे्रनर सोसाइटीको सह–कोषाध्यक्षको समेत जिम्मेवारीमा हुनुहुन्छ ।

कृष्णगोपाल श्रेष्ठ
सदस्य (उमेदवार)
९८४१५८९११२
नेपाल फेयर स्टेप ट्रेक्स एण्ड एक्सपिडिसन प्रा. लि.

सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका – ७ नाजिङमा सन् १९७८ मा जन्मिनु भएका कृष्णगोपाल श्रेष्ठ हाल नेपाल फेयर स्टेप ट्रेक्स एण्ड एक्सपीडिसन प्रा. लि. को प्रवन्ध निर्देशक हुनुहुन्छ । उहाँले विभिन्न ६ हजार मिटर भन्दा माथिका हिमचुचुराहरु छिचोल्दै सगरमाथाको ८ हजार मिटरसम्मको उचाइको अनुभव गर्नुभएको छ । मानविकी शंकायमा स्नातकसम्मको अध्ययन गर्नुभएका श्रेष्ठ सन् १९९८ देखि नेपालको सहासिक पर्वतिय व्यवसायमा सक्रिय हुनुहुन्छ ।

करीब १० वर्षको अनुभवपछि सन् २००८ मा आफैँले व्यवसाय सुरु गर्नुभएका उहाँ सफल व्यवसायीका रुपमा परिचित हुनुहुन्छ । लामो समय युरोपका स्पेन, अष्ट्रिया, जर्मन, स्वीजरल्याण्डलगायतका देशमा विताउनु भएका श्रेष्ठ नेपालमै केही गर्नुपर्छ भनेर नेपालमै पर्यटन व्यवसायमा केन्द्रित हुनुहुन्छ । उहाँ पर्यटन व्यवसायसँगै सामाज सेवामा पनि सक्रिय हुनुहुन्छ । उहाँ खुम्बु क्लाइमिङ सेन्टर, फोर्चे सोलुमा पर्यटन पर्यावरण विभागको निर्देशकको जिम्मेवारीमा समेत रहेर काम गरिरहनु भएको छ भने सोही सेन्टरको क्लाइम्बिङ्ग इष्ट्रक्टरको रुपमा समेत कार्यरत् हुनुहुन्छ ।

सुनिल सिलवाल
सदस्य (उमेदवार)
९८५१०६१०५६
एडभेञ्चर अल नेपाल ट्रेक्स प्रा.लि.

ट्राभल एण्ड टुरिजम विषयमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गर्नु भएका सिलवाल हाल एडभेञ्चर अल नेपाल ट्रेक्स प्रा. लि. का प्रवन्ध निर्देशक हुनुहुन्छ । वि. सं. २०४६ जेठ २८ मा धादिङ सिद्धालेक गाउँपालिका नलाङ – १ जन्मिनु भएका सिलवाल युवा उमेरमै सफल पर्यटन व्यवसायी बन्न सफल हुनु भएको छ । युवाले चाहने हो भन्ने समृद्ध नेपाल निर्माणमा एउटा इट्टा थप्न सक्छ्न भन्ने भावनाका साथ व्यवसायमा दत्तचित्त भएर लाग्नु भएका सिलवालले टेकिङको क्षेत्रमा १३ वर्ष व्यथित गरी सक्नुभएको छ । सन् २०१२ बाट आफ्नै व्यवसाय सुरु गर्नुभएका सिलवालले व्यवसायकै सिलसिलामा युरोपका विभिन्न देशसँगै सिङ्गापुर, मलेसिया, चीनलगायतको पनि भ्रमण गर्नु भएको छ । व्यवसायसँगसँगै सामाजिक कार्यमा पनि उहाँको उत्तिकै सक्रियता रहँदै आएको छ ।

रामबहादुर गुरुङ
सदस्य (उमेदवार)
यात्रा हिमालयन एडभेञ्चर प्रा.लि.
९८५११३४७२४

गोरखाको पनि विकट मानिने धार्चे गाउँपालिका – ५, सिङ्लामा वि. स.. २०३२ सालमा जन्मिनु भएका गुरुङ पदयात्रा व्यवसायलाई तल्लो तहदेखि नै बुझेको व्यक्ति हुनुहुन्छ । २४ वर्षदेखि निरन्तर रुपमा सहासिक पर्वतिय पर्यटनको क्षेत्रमा आवद्ध रहनु भएका गुरुङले सुरुमा यो क्षेत्रमा प्रवेश गर्दा सहयोगी कर्मचारीको रुपमा काम गर्नुभएको थियो । सहयोगी कर्मचारीको पेशाबाट यो क्षेत्रमा प्रवेश गर्नु भएका गुरुङ अहिले यात्रा हिमालयन एडभेञ्चर प्रा. लि. को प्रवन्ध निर्देशक हुनुहुन्छ । निरन्तर एउटै क्षेत्रमा लागि रहने हो भने व्यवसायिक सफलता प्राप्त गर्न सकिन्छ भन्ने एउटा उदाहरण हुनुहुन्छ, रामबहादुर गुरुङ ।

सन् २००८ मा आफ्नै संस्था स्थापना गरेर यहाँसम्म आउनु भएका उहाँले व्यवसायकै सिलसिलामा स्वीजरल्याण्ड, फ्रान्स, इटली, बेल्जियमलगायतका देशको भ्रमण गर्नुभएको छ भने नेपालका विभिन्न जिल्लामा उहाँले कामकै सिलसिलामा भ्रमण गर्नुभएको छ । सन् २००० मा टे«किङ गाइडको तालिम लिनु भएका उहाँले क्लाइम्बिङ्ग गाइडको आधारभूत र एडभान्स कोर्ष पनि गर्नु भएको छ । व्यवसायसँगै समाजसेवामा पनि सक्रिय उहाँले गाउँमा शिक्षा, स्वास्थ्य खानेपानीलगायतको क्षेत्रमा निरन्तर काम गर्दै आउनु भएको छ ।

रघुनाथ पौडेल
सदस्य (उमेदवार)
माउण्टेन भ्यु ट्राभल प्रा.लि.

ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका, लामाटार – ९ मा वि. सं. २०३० बैशाख २ गते जन्मिनु भएका पौडेल सरकारी नोकरी छाडेर पर्यटन व्यवसायमा आवद्ध बन्नु भएको हो । वि. सं. २०५९ बाट माउण्टेन भ्यु ट्राभल प्रा. लि. स्थापना गरेर यहि व्यवसायमा निरन्तर लाग्नु भएका उहाँ पर्यटन व्यवसायबाटै मुलुकको समृद्धि हाँसिल गर्न सकिन्छ भन्ने मान्यता राख्नुहुन्छ । उहाँ हाल हिमालयन एक्टिभिटिज प्रा. लि., माउण्टेन भ्यू ट्राभल प्रा. लि., साइन नेपाल प्रा. लि. को पनि प्रवन्ध निर्देशक हुनुहुन्छ ।

करीब २२ वर्षदेखि निरन्तर नेपालको पर्यटन विकासको क्षेत्रमा लाग्नु भएका पौडेलले व्यवसायिक प्रवद्र्धनकै सिलसिलामा युरोपका अधिकांस देशको भ्रमण गर्नुभएको छ । त्यसैगरी उहाँले एसियाका पनि जापान, सिङगापुर थाइल्याण्ड, चीनलगायतका मुलुकको भ्रमण गर्नुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *