भारतीय जनता पार्टी (भाजपा) का नेता एवं सांसद सौमित्र खानले आफ्नी पत्नी सुजता मण्डल तृणमूल कांग्रेस पार्टी प्रवेश गरेको रिसमा उनीसँग सम्बन्ध-विच्छेद गर्ने घोषणा गरेका छन्।
सोमबार आयोजित पत्रकार सम्मेलनमा सांसद खानले भने, ‘सुजताले जुन निर्णय गरेकी छन्, त्यसमा मेरो असहमति छ, यहाँका हजारौंले मलाई भोट दिएका छन्, पार्टी (भाजपा) प्रति मेरो महत्वपूर्ण दायित्व छ। म भाजपाका लागि लड्छु।’
उनले अगाडि भनेका छन्, ‘तृणमूल कांग्रेसलाई पराजित गर्न म आफ्ना सबै कुरा त्याग गरेर भाजपाका लागि काम गर्छु। आजदेखि आमाबुबाबाहेक मेरा कोही छैनन्। आज (सोमबार) तिमीलाई म तलाक (सम्बन्ध विच्छेद) को निवेदन दिँदै छु। आजदेखि तिमीलाई म त्याग गर्दै छु।’
भारतीय सञ्चारमाध्यमका अनुसार तृणमूल कांग्रेसले उनलाई प्रश्न गरेको छ, ‘एक महिलाको घरबार बिगारेर तपाईं कस्तो राजनीति गरिरहनुभएको छ?’
भाजपा नेता सौमित्र खानकी पत्नी सुजाता मण्डल खान सोमबार सांसद सौगत राय र पार्टी प्रवक्ता कुणाल घोषको उपस्थितिमा तृणमूल कांग्रेसमा प्रवेश गरेकी हुन्।