२०७७ मंसिर २०, शनिबार
Follow Us on:

भारतीय पत्रकार अर्नब गोस्वामी जमानतमा छुटे

काठमाडौं: भारतका पत्रकार अर्नब गोस्वामी बुधबार जमानतमा छुटेका छन्। आत्महत्या दुरुत्साहन मुद्दामा गिरफ्तार भएका गोस्वामीलाई भारतको सर्वोच्च अदालतले जमानतमा छाडेको बीबीसीहिन्दीले जनाएको छ।

यसअघि मम्बईको उच्च अदालतले गोस्वामीलाई जमानतमा छाड्न अस्वीकार गरेको थियो। गोस्वामी रिपब्लिक टिभीका प्रधान सम्पादक हुन्। उनलाई आत्महत्या दुरुत्साहन मुद्दामा हालै १४ दिने न्यायिक हिरासतका लागि पठाइएको थियो।

रिपब्लिक टिभीको स्टुडियो डिजाइन गरेका अलीबागका डिजाइनर अन्वय नाइकलाई आत्महत्या गर्न बाध्य पारेको गोस्वामीमाथि आरोप छ।

अर्नबले अन्वयको बाँकी पैसा नदिएपछि उनले आत्महत्या गरेको उनको आमाको आरोप छ। अन्वयले सुसाइड नोटमा समेत गोस्वामीको नाम उल्लेख गरेका छन्।

महाराष्ट्र सरकारले यस विषयमा अनुसन्धान हुनुपर्ने आदेश दिएको थियो। त्यसपछि गोस्वामी पक्राउ परेका थिए।

यो पनि पढ्नुहोस्

मुख्य समाचारहरु

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *