२०७७ कार्तिक ७, शुक्रबार
Follow Us on:

कोरोनाका कारण रानु मण्डलको जिन्दगीमा फेरि छायो अँध्यारो !

मुम्बई: रेल्वे स्टेशनमा बसेर गीत गाउने रानु मण्डलको भाग्य सन् २०१९ मा एकाएक बदलिएको थियो ।

सामाजिक सञ्जालमा रानुले गीत गाउँदै गरेको एक भिडियो भाइरल भएपछि उनको खुब चर्चा भएको थियो । रानुले लता मंगेशकरको गीत गाएकी थिइन् ।

भाइरल भएपछि उनको भविष्य बदलिएको थियो । तर, कोरोना भाइरसका कारण रानुको जीवन पुनः उस्तै अवस्थामा पुगेको छ ।

भारतीय समाचार संस्था न्यूज १८ का अनुसार रानुले आफ्नो नयाँ घर छोडेर पुरानो घरमा गएकी छिन् । रानुसँग यतिबेला कुनै काम छैन ।

बलिउडमा काम नहुँदा उनको आर्थिक अवस्था पुनः खराब हुँदै गएको छ । जसकारण उनी पुरानो घरमा फर्किएकी छिन् ।

यसअघि रानु मण्डल भाइरल भएपछि हिमेश रेशमियाले उनलाई गीतमा मौका दिएका थिए । त्यसपछि उनको थप चर्चा भएको थियो ।

एकपटक रानु मण्डल बढी मेकअप गरेका तस्वीर सार्वजनिक भएपछि पनि चर्चामा आएकी थिइन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *