२०७७ अशोज १४, बुधबार
Follow Us on:

अमेरिका र चीनबीच सातामा ८ हवाई उडानका लागि सहमति

एजेन्सी: संयुक्तराज्य अमेरिका र चीनबीच हप्तामा आठ वटा हवाई उडान सञ्चालन गर्ने सहमति भएको छ ।

अमेरिकी यातायात विभागद्वारा जारी वक्तव्यअनुसार अहिलेसम्म चार वटा मात्रै उडान हुँदै आएकोमा अबदेखि हप्तामा ८ उडान गर्ने सहमति भएको हो ।

नयाँ सहमतिसँगै अमेरिकाबाट चीनतर्फ जाने र चीनबाट अमेरिकातर्फ आउने यात्रुहरुलाई सहज हुने विश्वास लिइएको विभागले जनाएको छ ।

विश्वभरी फैलिएको कोरोनाभाइरसको महामारीले हवाई उडान कटौती हुँदा अमेरिका र चीनबीचको उडान पनि कटौती भएको थियो ।

अहिले भने आवश्यकता र परिस्थितिका आधारमा सतर्कता अपनाउँदै विस्तारै उडान बृद्धि गर्न लागिएको अधिकारीहरुले जनाएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *