२०७७ अशोज १३, मङ्लबार
Follow Us on:

अमेरिकी राष्ट्रपति ट्रम्पका भाइको निधन !

वासिङटन डीसी: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइ रोबर्ट ट्रम्पको निधन भएको छ। सीएनएनका अनुसार ७१ वर्षीय रोबर्टको शनिबार न्यूयोर्क अस्पतालमा निधन भएको हो।

‘आज राति मेरो भाइको निधन भएको कुरा भारी हृदयका साथ बिताउन विवश छु आज राति’, राष्ट्रपति ट्रम्पले एक भनाइ जारी गर्दै भनेका छन्, ‘ऊ मेरो भाइ मात्र थिएन, सबभन्दा राम्रो साथी थियो। उसलाई असाध्यै मिस गर्नेछु, तर हामी फेरि भेट्नेछौँ।’

रोबर्ट केही महिनाअघिदेखि बिरामी परेका थिए। तर उनको रोगका बारे भने अहिलेसम्म केही नखुलाइएको छैन।

शुक्रबार ट्रम्पले भाइको अवस्थाबारे भने ह्वाइट हाउसको ब्रिफिङका क्रममा खुलाएका थिए। ‘मेरो अद्भूत भाइ छ’, उनले भनेका थिए, ‘जन्मेदेखि हाम्रो विशाल सम्बन्ध छ। तर अहिले ऊ अस्पतालमा छ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *