२०७७ जेष्ठ २४, शनिबार
Follow Us on:

विश्व कोरोना संक्रमण दरमा भारत चौथो स्थानमा

काठमाडौं : कोरोना संक्रमणको दर घट्न सकेको छैन। शनिबार विश्वभर झण्डै एक लाख नयाँ संक्रमित थपिएका छन्।

वर्ल्डओमिटरका अनुसार गएको २४ घण्टामा विश्वभर ९९ हजार ६ सय ८६ नयाँ संक्रमित थपिएका छन्। पछिल्लो संक्रमण दरको तुलना गर्दा उच्च संक्रमण दर भएका देशमा भारत विश्वमै चौथो स्थानमा देखिएको छ।

पछिल्लो २४ घन्टामा सबैभन्दा धेरै अमेरिकामा २१ हजार ७ सय ५७ जना संक्रमित भएका छन् भने ब्राजिलमा १६ हजार ५ सय ६, रुसमा ९ हजार ४ सय ३४ र भारतमा ६ हजार ६ सय २९ जना संक्रमित भएका छन्।

कोरोनाले आक्रान्त इटाली, स्पेन, बेलायत, फ्रान्स, जर्मनी जस्ता मुलुकमा भन्दा पनि पछिल्लो समय भारतमा संक्रमण दर तीब्र बन्दै गएको छ।

भारतमा शनिबार संक्रमणबाट १ सय ४२ जनाले ज्यान गुमाएका छन्। त्यहाँ अहिलेसम्म संक्रमितको संख्या १ लाख ३१ हजार ४ सय २३ पुगेको छ भने ३ हजार ८ सय ६८ जनाले ज्यान गुमाएका छन्।

त्यसैगरी गएको २४ घण्टामा सबैभन्दा धेरै अमेरिकामा १ हजार २६ जनाले ज्यान गुमाएका छन्। ब्राजिलमा ९ सय ६५, मेक्सिकोमा ४७९, बेलायतमा २८२, रुसमा १३९, इटालीमा ११९, पेरुमा १२९, क्यानाडामा १०५ जनाले संक्रमणबाट ज्यान गुमाएका छन्।

अहिलेसम्म विश्वमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ लाख ४३ हजार ५ सय ९६ पुगेको छ भने संक्रमितको संख्या ५३ लाख ९७ हजार नाघेको छ। २४ लाख ४४ हजार भन्दा धेरै संक्रमित उपचारपछि निको भएका छन्।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *