२०७७ जेष्ठ २३, शुक्रबार
Follow Us on:

काेराेनाबाट बच्न भनेर ट्रम्पले खाइरहेको औषधिले उल्टै मृत्युको जोखिम बढाउछ: अध्ययन

एजेन्सी: कोरोना भाइरसबाट बच्न भन्दै अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले खाइरहेकाे मलेरियाको औषधिले उल्टो मृत्युको जोखिम बढाउने अनुसन्धानले देखाएको छ।

विज्ञान अनुसन्धान पत्रिका लान्सेटले गरेकाे अध्ययनले हाइड्रोक्सीक्लोरोक्वाइन औषधि कोरोना संक्रमितले खाँदा उल्टै मृत्युको जोखिम बढाउने तथ्य पत्ता लगाएकाे हाे। 

चिकित्सकले यो औषधि सेवन गर्नु घातक हुने चेतावनी दिँदादिँदै पनि कोरोना रोक्न यो उपयोगी हुने दाबी गर्दै ट्रम्पले आफूले खाइरहेको केही दिनअघि बताएका थिए।

लान्सेट जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदनमा भनिएकाे छ: अध्ययनबाट के पत्ता लागेको छ भने काेराेना संक्रमितलाई मलेरियाकाे उक्त औषधिबाट फाइदा नभएकाे पाइयाे। बरु यसले उल्टाे मृत्युकाे जाेखिम बढाउने पाइयाे।

हाइड्रोक्सीक्लोरोक्वाइन मलेरियाका बिरामीका लागि उपयाेगी तथा लुपुस वा जोर्नी शोथका केही समस्यामा पनि लाभदायक रहेकाे तर कोरोना संक्रमितका लागि यस औषधिले फाइदा पुर्‍याउन कुनै अनुसन्धानले नदेखाएकाे यस अघिदेखि नै विज्ञले बताइरहेका छन्।  

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *