२०७७ जेष्ठ २३, शुक्रबार
Follow Us on:

भारतमा एकैदिन कोरोना संक्रमित हुनेको संख्या हालसम्मकै उच्च

काठमाडाैं: कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले भयावह रूप लिएकाे भारतमा कुल संक्रमित संख्या १ लाख २४ नाघेको छ । त्यहाँ शुक्रबार एकैदिनमा ६ हजार ५६८ नयाँ संक्रमित थपिएका छन् । याे एकैदिन थपिएकाे हालसम्मकै बढी नयाँ संक्रमित हुन् ।

यो समाचार तयार पार्दासम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ लाख २४ हजार ७९४ पुगेको वर्ल्डोमिटर्सको तथ्यांकले देखाएको छ । भारतले गत शुक्रबारबाटै कोरोना संक्रमणको सुरुवाती केन्द्र चीनलाइ उछिनेको थियो ।

भारतमा हालसम्म कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ३ हजार ७२६ पुगेको छ । संक्रमितमध्ये ५१ हजार ८२४ मानिस उपचारपछि निको भएर घर फिर्किएका छन् । भारतमा अहिले ६९ हजार भन्दा बढीमा कोरोना भाइरस सक्रिय छ । उनीहरु उपचाररत छन् ।

भारतमा कोरोना संक्रमण व्यापक बन्दै गएसँगै भारत सरकारले पुनः लकडाउनको अवधि २ सातासम्म बढाएको छ । भारतको गृह मन्त्रालयले गत २४ मार्चदेखि लागू गरिएको लकडाउनलाई ३१ मेसम्म जारी राख्ने निर्णय गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *