२०७७ जेष्ठ २३, शुक्रबार
Follow Us on:

पाकिस्तानमा यात्रुबाहक विमान दुर्घटना: ९८ जनाको मृत्यु, ७ घर जलेर नष्ट

काठमाडौं: जिन्ना अन्तर्राष्ट्रिय विमानस्थलनजिकै पाकिस्तानको इन्टरनेशनल एयरलायन्स (पीआईए)को यात्रुवाहक विमान दुर्घटना हुँदा ९८ जनाको ज्यान गएको छ । लाहौरबाट कराची गइरहेको उक्त विमान शुक्रबार दुर्घटना भएको हो ।

पीआईएको उक्त यात्रुबाहक विमान ल्याण्डिङ हुनु भन्दा पहिल्यै दुर्घटना हुन पुगेको हो । उक्त विमान रिहायशी इलाका मोडल टाउनमा खसेको जानकारी गराएको छ । विमान दुर्घटनाका कारण उक्त ईलाकाका ७ वटा घरहरु पूरै जलेर नष्ट भएको छ ।

अहिले पाकिस्तानी सेनाले उद्दार कार्य गरिरहेको जानकारी गराइएको छ । विमान दुर्घटना भएको स्थलमा धुँवै धुँवा फैलिएको जनाइएको छ । उक्त विमान दुर्घटनामा के कति क्षति भयो भन्ने विषयमा केही उल्लेख गरिएको छैन ।

कराची अस्पतामा इमरजेन्सी घोषणा गरिएको जनाइएको छ । घाइतेहरुलाई अस्पताल लैजाने क्रम जारी छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *