२०७७ जेष्ठ २३, शुक्रबार
Follow Us on:

१ सय ९३ किलो भएका संसारकै मोटा बालकले १०८ किलो तौल घटाएपछि…

एजेन्सी: संसारकै मोटो भनेर चिनिने १ सय ९३ किलो भएका एक बालकले एक सय ८ किलो तौल घटाएका छन् । उनले २०१६ बाट तौल घटाउन सुरु गरेका थिए ।

इन्डोनेसिया जन्मिएका आर्या परमाना नाम गरेको मोटो बालकको तौल घटाएको तस्वीर अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ । उनले आफ्नो तौल घटाउन कडा परिश्रम र मेहनत गरेको जनाएको छ ।

परमानाको तस्वीर र भिडियो अदे राय नामका एक प्रयोगकर्ताले सार्वजनिक गरेको डेली मेलमा उल्लेख छ । उनले तौल घटाउनका लागि भ्यारिएट्रिक सर्जरी, डाइट प्लान र दैनिक कसरत गरेको उनको पिताले बताएका छन् ।

शरीरलाई एक पटक सर्जरी गरिसकेको परमानाको फेरि पनि दोस्रो पटक सर्जरी गर्नु पर्ने जनाइएको छ । डाक्टरहरुका अनुसार उनको झोलिएका छाला हटाउनको लागि कमसेकम २ पटक सर्जरी गर्नुपर्ने भएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *