२०७७ जेष्ठ २३, शुक्रबार
Follow Us on:

‘डाटा लीक’ भएपछि नयाँ खुलासा !, चीनमा ८४ हजार नभएर ६.४ लाख कोरोना संक्रमित

काठमाडौं: चीनले शुरुवात देखि नै कोरोना भाइरसको केसहरु लुकाउँदै आईरहेको कुरा अमेरिका सहित विश्वका विभिन्न देशहरुले बताउँदै आएका छन् ।

यो विषयलाई लिएर अमेरिकाले त शुरु देखि नै आपत्ति जनाउँदै आएको छ भने युरोपीय देशहरुले पनि चीनले सत्य आँकडा नदिएको बताउँदै आएका छन् ।

एक ताजा खुलासाका अनुसार चीनमा संक्रमितको जम्मा संख्या ८४ हजार नभएर ६.४ लाख कोरोना संक्रमित रहेको पाईएको हो । यो जानकारी सैन्य संस्थाबाट लीक भएको हो ।

चीनले आधिकारिक रुपमा आफ्नो देशमा ८४ हजार २९ जनालाई मात्र कोरोनाको संक्रमण भएको बताएको छ । तर चांग्सामा रहेको नेशनल यूनिभर्सिटी अफ डिफेन्स टेक्नोलोजीबाट लीक भएको डेटाका अनुसार चीनमा जम्मा कोरोना संक्रमितको संख्या ६.४ लाख हुन सक्छ ।

लीक भएको डाटामा देशका २३० शहरका ६.४ लाख मानिसहरु भएको बताइएको छ । सबै डेटालाई कन्फर्म केसको रुपमा हेरिएको छ ।

यो डाटा फेब्रुअरीको शुरुवातबाट अप्रिलको अन्तिमसम्मको हो । यस डाटामा केहि लोकेशन पनि सामेल छन् ।

अस्पताल रिहायशी अपार्टमेन्ट, होटल, सुपरमार्केट, रेल्वे स्टेशन, रेष्टुरेण्ट, स्कूल र केएफसीको केहि ब्रान्च सामेल छन् । सबै जोड्दा यो आँकडा थोरैमा पनि ६.४ लाख पुग्छ ।

तर ६.४ लाख भन्दा पनि धेरै मानिसहरु कोरोना संक्रमित पाइएको दाबी गरिएको छ । तर यो डेटा कसरी जुट्यो भन्ने कुरा भने अहिलेसम्म थाहा भईसकेको छैन । तर यूनिभर्सिटीको साइटमा यसमा विभिन्न पब्लिक संसाधनहरुको प्रयोग गरिएको लेखिएको छ ।

चीनमाथि विभिन्न देशहरुले कोरोनासम्बन्धी विभिन्न आरोप प्रत्यारोप लगाईरहेका छन् ।

अमेरिका सहित विभिन्न देशहरुले चीनको कोरोनाबाट संक्रमित र मृतकको सत्य आँकडा लुकाएको बताईरहेका छन् । तर चीनले भने आफू कोरोना भाइरससँग लडेर जित्न सफल भएको बताएको छ ।

‘डेटाबेस’को जानकारी केहि पनि छैन

सेन्टर फर डिसिज कन्ट्रोलले फोरन पोलिसी र रिपोर्टमा केहि पनि कुरा भनेको छैन । तर विश्व स्वास्थ्य संगठनले यस्तो कुनै पनि डेटाबेसको जानकारी नरहेको बताएको छ ।

अमेरिकाले विश्वस्वास्थ्य संगठनलाई चीनले कोरोना भाइरसको वास्तविक जानकारी लुकाउन सहायता गरेको र वुहानलाई बचाएको आरोप लगाएको छ ।

अहिलेसम्म कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म विश्वमा ३ लाख १३ हजार ३८४ जनाको मृत्यु भईसकेको छ भने ४७ लाख ३३ हजार ३४९ जनालाई संक्रमण भएको छ ।

त्यस्तै १८ लाख १७ हजार ९०६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ४४ हजार ८३९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *