२०७७ जेष्ठ २३, शुक्रबार
Follow Us on:

विश्वभर काेराेनाबाट मृत्यु हुनेकाे संख्या ३ लाख नाघ्याे: ४५ लाख बढी संक्रमित

काठमाडाैं: विश्वमा कोरोना भाइरस अर्थात् कोभिड-१९ बाट मृत्यु हुनेकाे संख्या ३ लाख नाघेकाे छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार शुक्रबार बिहानसम्म काेराेनाका कारण मृत्यु हुनेकाे संख्या ३ लाख ३ हजार ७० पुगेकाे छ ।

विश्वमा कोरोनाबाट संक्रमित हुनेकाे संख्या ४५ लाख २१ हजार १७७ पुगेकाे छ । कुल सङ्क्रमितमध्ये १७ लाख २ हजार ११३ उपचारपछि घर फर्किएका छन् । याे निकाे हुनेकाे संख्या ज्यान गुमाउनेकाे भन्दा साढे पाँच गुणा बढी हाे ।

कोरोनाको उद्गम स्थल चीन भए तापनि कोरोना संक्रमणबाट सबैभन्दा बढी मृत्यु हुनेमा अमेरिका पर्छ । अहिलेसम्म अमेरिकामा ८९ हजार ९०१ जनाको मृत्यु भइसकेको छ । संक्रमितकाे संख्या भने १४ लाख ४५ हजार ८२८ पुगेकाे छ । संक्रमितमध्ये ३ लाख १७ हजार ९८८ भने पूर्णरूपमा निको भइसकेका छन् । अहिले त्यहाँ १० लाख ५१ हजार बढीमा कोरोनाको सक्रिय रहेको छ । संक्रमितमध्ये १६ हजार २४० अवस्था गम्भीर रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *