२०७७ जेष्ठ २४, शनिबार
Follow Us on:

तस्वीरमा हेर्नुहाेस् चीनको वुहान शहरको खुशी

एजेन्सी: कोरोना भाइरसको महामारी सुरु भएको चीनको हुबे प्रान्तस्थित वुहान सहरमा लगाइएको लकडाउन झण्डै तीन महिनापछि हटाइएको छ ।

साेमबार चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या शून्यमा झरेकाे देखिएपछि मंगलबार प्रकोप सुरु भएको वुहान सहरमा लकडाउन हटाइएको हाे । मंगलबार लकडाउन खाेलेसँगै बुधबार वुहान शहरका मानिस बाहिर निस्किन छन् । मानिसहरु आफ्नो दैनिकीमा फर्किएका छन् ।

बुधबारबाट वुहानका सडक खुला भएका छन् । कर्मचारीहरुले राति नै सडकमा राखिएका अवरोधहरु हटाएका थिए  । हवाई उडान पुनः सञ्चालनमा आएका छन् भने रेल सेवा सुरु भएको छ । यहाँका मानिसहरु चीनको अन्य भागमा जान पाएका छन् ।

कोरोना संक्रमण फैलिन नदिन सरकारले वुहानमा लकडाउन निकै कडा पारेको थियो । शुरुमा मानिसहरुलाई पसलमा गएर खाद्यान्न किन्ने अनुमति थियो । तर मध्य फेब्रुअरीबाट मानिसहरुलाई घरको कम्पाउण्डबाट बाहिर निस्किने अनुमति दिइएन । यस्तोमा डेलिभरी चालक जीवनयापनको लागि निकै महत्वपूर्ण बने । 

१ करोड १० लाख मानिसहरू रहेको उक्त सहरमा गत जनवरी २३ देखि पूर्णतया सबैजसो व्यापार, व्यवसाय, यातायातका साधन बन्द गरिएको थियो । मानिसहरुलाई हिडडूल गर्न समेत बन्देज लगाइएको थियो ।

तस्वीर : ग्लाेबल टाइमस्

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *