२०७७ जेष्ठ २४, शनिबार
Follow Us on:

रुसमा कोरोना संक्रमण बढ्दो, आगामी केही हप्ता निकै कठिन हुने पुटिनको चेतावनी

एजेन्सी: रुसमा पनि कोरोना भाइरसका बिरामी बढ्दै गएका छन् । यो समाचार तयार पार्दासम्म त्यहाँ कोरोना संक्रमितको संख्या ८ हजार ६७२ पुगेको छ । जसमा १ हजार १७५ जना पछिल्लो २४ घण्टामा मात्रै थपिएका हुन् ।

यसैगरी रुसमा हालसम्म ६३ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् । ५ जनाको मृत्य पछिल्लो एक दिनमा मात्र भएको वल्र्डोमिटर्सले जनाएको छ । रूसमा संक्रमितमध्ये ५८० जना भने निकाे भइसकेका छन् ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी केही हप्ता मुलुकका लागि अझ निकै कठिन हुने चेतावनी दिएका छन् । बुधबार भिडियो कन्फ्रेसमार्फत बसेको त्यहाँको क्याबिनेट बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएको सिएनएनले लेखेको छ ।

राष्ट्रपति पुटिनले भने, ‘आगामी २ देखि ३ हप्ता देशमा कोरोना महामारीका कारण निकै अप्ठ्यारो स्थिति आउनसक्छ । हामी अन्य देशहरुको अनुभवलाई पनि अध्ययन गरिरहेका छौँ, जसले कोरोना महामारीको सामना गरेर आए । ती अनुभवबाट पनि बुझ्न सकिन्छ कि हाम्रोमा पनि एकदेखि ५ हप्ता निकै गाह्रो हुनसक्छ ।’

उनले यसको सामना गर्न सबै तयार रहन र चिकित्सकहरुले सिफारिस गरेका उपायहरुको पूर्ण पालना गर्दै क्वारेन्टाइनमा बस्न सबैलाई आग्रह गरे । साथै सरकारका नीतिहरुको पालना गर्न समेत उनले सचेत गराएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *