२०७७ जेष्ठ २४, शनिबार
Follow Us on:

अमेरिकामा कोरोनाबाट मृतक संख्या १५ हजार नजिक, सम्झे न्यूयाेर्कका गभर्नरले सेप्टेम्बर ११ !

काठमाडौँ: अमेरिकामा पछिल्लो २ दिनयता कोरोना भाइरसबाट मर्नेको संख्या १९ सय हाराहारी रहेको जनाइएको छ । बुधबार मात्र अमेरिकाभरि १९ सय २५ जनाको मृत्यु भएको वल्र्डोमिटर्सले जनाएको छ । मंगलबार १९ सय ७० को मृत्यु भएको थियो ।

यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १४ हजार ७६६ पुगेको छ । मंगलबार यो संख्या १२ हजार ८४१ थियो ।

हालसम्म त्यहाँ कोरोना संक्रमितको संख्या ४ लाख ३० हजार ९०२ पुगेको छ । यसमध्ये बुधबार मात्र ३० हजार ५६७ जना नयाँ संक्रमित फेला परेको वल्र्डोमिटर्सले जनाएको छ । मंगलबार ३३ हजार ३३१ नयाँ बिरामी थपिएका थिए ।

कोरोना भाइरसको हटस्पट रहेको न्यूयोर्क राज्य/सहरमा मात्रै हालसम्म ६ हजार बढीको मृत्यु भएको छ । बुधबार एकैदिनमा त्यहाँ ७७९ जनाको मृत्यु भएको जनाइएको छ । अर्को बढी प्रभावित राज्य न्यूजर्सीमा पनि हालसम्म १५ सयबढीको मृत्यु भइसकेको छ ।

अमेरिकामा सबैभन्दा बढी प्रभावित राज्य/वर्ल्डाेमिटर्स

न्यूयाेर्कका गभर्नर एन्ड्रयू एम कुमोले न्यूयाेर्कमा काेराेनाबाट मर्नेकाे संख्या सेप्टेम्बर ११, २००१ मा भएकाे आतंकवादी हमलायताकै सर्वाधिक बढी रहेकाे भन्दै दु:ख व्यक्त गरेका छन् ।

उनले सेप्टेम्बर ११ काे घटना साेच्न पुगेकाे भन्दै आफ्नो दैनिक ब्रिफिङमा भने, ‘मैले सोचें कि मेरो जीवनकालमा मैले त्यस्तो फेरि कहिल्यै देख्नु नपराेस्- त्योभन्दा खराब र दु:खद कुरा अरू के हुन सक्छ !’ उनले अहिलेकाे कहर निश्चय नै दु:खदायी रहेकाे भन्दै छिटै यसलाइ राेक्न र परिवर्तन गर्न सक्ने विश्वास समेत दिलाए ।

photo- REUTERS/Sara K. Schwittek

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *