२०७७ जेष्ठ २४, शनिबार
Follow Us on:

दक्षिण कोरियामा निको भएका ५१ जनामा पुनः देखियो कोरोना संक्रमण

एजेन्सीदक्षिण कोरियामा कोरोनाभाइरस लागेर निको भइसकेका ५१ जनामा पुनः कोरोनाको परीक्षण पोजिटिभ देखिएको छ ।

देशमा सबभन्दा बढी प्रभावित शहर दाएगुका ती रोगीलाई भाइरस लागेको पाइएपछि क्वारेन्टीनमा राखिएको थियो क्वारेन्टीनबाट निस्केको केही दिनपछि उनीहरूमा फेरि भाइरसको संक्रमण देखिएको हो ।

कोरियाको सेन्टर्स फर डिजीज कन्ट्रोल यान्ड प्रिभेन्सनले रोगीहरूमा पुनः संक्रमण भएको नभई भाइरस पुनः सक्रिय भएको जस्तो देखिएको जनाएको छ ।

मानव कोशिकामा यो भाइरस पत्ता नलाग्ने गरी लुकेको विश्वास गरिएको छ । एउटै बिरामीलाई दुईपटक कोरोना पोजिटभ पाइएमा परीक्षणले गलत नतिजा दिएको पनि हुनसक्ने विज्ञहरूले दाबी गरेका छन् ।

हालसम्म दक्षिण कोरियामा १० हजार बढीमा कोरोनाको संक्रमण देखिएको छ भने २ सय जनाको ज्यान गइसकेको छ ।

६ हजार ७७६ जना उपचारपछि निको भएका छन् भने ३ हजार ४ सय जनाकाे विभन्न अस्पतालमा उपचार भइरहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *