२०७६ चैत्र २६, बुधबार
Follow Us on:

स्पेनमा एकैदिन ६ सय ८० जनाको मृत्यू

काठमाडौं : विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण पछिल्लो समय युरोपियन मुलुकमा निकै नै बढ्दो मात्रामा देखिएको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा बढी प्रभाव इटालीमा परेको छ भने स्पेनमा पनि संक्रमण फैलँदो क्रममा देखिएको छ ।

युरोपमा इटलीपछि स्पेनमा सबैभन्दा धेरै गम्भीर अवस्था सिर्जना भएको छ । स्पेनमा बुधबार एकैदिन ६ सय ८० जनाको ज्यान गुमाएका छन्।

स्पेनमा सङ्क्रमितमध्ये तीन हजार ७ सय ९४ जना उपचारपछि घर फर्किएका छन् भने दुई हजार ६ सय ३६ जनाको अवस्था गम्भीर छ । हालसम्म स्पेनमा ४२ हजार बढी कोरोना भाइरसबाट स‌क्रमित बनेका छन् ।

स्पेनमा कोरोना भाइरससँग लड्नका लागि आपत्काल घोषणा गरिएको छ । गएको १५ मार्चमा लगाइएको आपत्काल अझै बढाउने योजना छ ।

स्पेनको राजधानी मड्रिड कोरोना भाइरस महामारीको केन्द्र बनेको छ । स्पेनमा कोरोना भाइरसको पहिलो सङ्क्रमण गएको जनवरी ३१ तरिखमा देखिएको थियो ।

यसैबीच इटालीमा पछिल्लो २४ घण्टामा ७ सय ४३ जनाले ज्यान गुमाएका छन् । एकै दिनमा थप ७ सय ४३ जनाले ज्यान गुमाएसँगै हालसम्म इटालीमा ज्यान गुमाउनेको संख्या ६ हजार ८ सय २० पुगेको छ । ६९ हजार १ सय ७६ जना सङ्क्रमित छन् ।

संक्रमितमध्य ८ हजार ३ सय २६ जना उपचारपछि निको भएका छन् भने ५४ हजार ३० जना उपचाररत छन् । जसमध्ये पनि ३ हजार ३ सय ९३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोनाको प्रभाव हालसम्म विश्वका १ सय ९७ मुलुकमा फैलिएको छ भने विश्वभर ज्यान गुमाउनेको संख्या १८ हजार ८ सय ४ पुगेको छ ।

कोरोनाको संक्रमणका कारण विश्वभर पछिल्लो २४ घण्टामा २ हजार २ सय ९० जनाले ज्यान गुमाएका छन् ।

यो पनि पढ्नुहोस्

मुख्य समाचारहरु

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *