२०७७ असार २६, शुक्रबार
Follow Us on:

ट्रम्पको सुरक्षाका लागि ताजमहलमा खटाइयो लंगुर

एजेन्सी: भारतको दुईदिने भ्रमणमा त्यहाँ पुगेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ताजमहलको भ्रमण समेत गर्ने कार्यतालिका छ । ताजमहलमा भने उनको सुरक्षालाई ध्यानमा राखी कडा व्यवस्था गरिएको छ । ताजमहलका बाँदरले पर्यटकमाथि जथाभावी आक्रमण गर्ने र्गछन्, बाँदरको आक्रमण रोक्नका लागि भने ५ वटा तालिमप्राप्त लंगुरलाई ताजमहलमा खटाइएको छ ।

भारतीय प्रहरीले तालिमप्राप्त लंगुर खटाएको जनाइएको छ । सुरक्षा सतर्कता अपनाउने क्रममा त्यहाँको प्रहरीले मानवीय गतिविधि र आशंकालाई मात्र ध्यानमा राखेर गरिएको छैन, जनावरहरूको आक्रमणलाई पनि ध्यानमा राखिएको छ ।

बादरहरूले प्रायः ताजमहल र वरपर पर्यटकहरूलाई आक्रमण गर्दछन् । बिबिसी हिन्दीका अनुसार बादरलाई लखेट्न लंगुरहरू खटाइएको हो । यसका लागि प्रहरी प्रशासनले वन विभागका अधिकारीहरूको सहयोग लिएको जनाइएको छ । यद्यपि लंगुरहरू ठ्याक्कै कुन स्थानमा खटाईएको छ र उनीहरूले कसरी काम गर्छन् भनेर कुनै पनि जानकारी दिइएको छैन ।

सोमबार मध्यान्ह ट्रम्प पत्नीसहित गुजरातको अहमदावादमा उत्रिएका छन् । दम्पत्ति त्यहाँबाट उनी आजै साँझ आगरास्थित ताजमहल हेर्न जानेछन् । सोमबार मध्यान्हदेखि नै ताजमहलमा अन्य पर्यटकलाई आउजाउ निषेध गरिएको छ । ट्रम्पले आगरामा केवल २ घण्टा बिताउने बताइएको छ ।

उनको स्वागतका लागि आगरामा कयौँ दिनदेखि दिन-रात खटेर विशेष तयारी गरिएको छ । आगराका हरेक सडकलाई धोएर सफा पारिएको छ । ट्रम्पको गाडी चल्ने हरेक सडक क्षेत्रमा कडा सुरक्षा गरिएको छ ।

सडक र आसपासका क्षेत्रमा ठूलो सुरक्षा घेरा तैनाथ गरिएको छ । जसमा स्थानीय पुलिसदेखि अर्धसैनिक बल र एनएसजीका कमांडोहरूसमेत तैनाथ छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *