२०७६ चैत्र २७, बिहिबार
Follow Us on:

कोरोना भाइरसको उपचारमा खटेका डाक्टरको सुताइ देखेर सर्वसाधारण भावुक

काठमान्डौ: कोरोना भाइरसको संक्रमणले ग्रस्त चीनमा अहिले सबैभन्दा गाह्रो स्वास्थ्यकर्मीलाई छ । उनीहरु दिनरात नभनी बिरामीको उपचारमा खटेका छन् ।तर अन्न पानीको शरीर न हो, डाक्टरलाई पनि आराम चाहिन्छ, केही मिनेट नै सही निद्रा अपरिहार्य छ । तर बेफुर्सदका बीच उनीहरु जसरी आराम गरिरहेको भेटिएका छन्, त्यो देख्दा सर्वसाधारणको मन कुँडिएको छ ।चीनको सामाजिक संजालमा आराम गरिरहेका डाक्टरहरुको तस्बिर पोष्ट गर्दै सर्वसाधारणले लेखेका छन्ः‘उनीहरु हाम्रो लागि लडिरहेका छन् ।

उनीहरु भाइरससँग पैंठेजोरी खेलिरहेका छन्। उनीहरु अभिभावक हुन्, छोरा हुन्, छोरी हुन्। उनीहरुलाई सबैकुरा सफा र चिटिक्क भएको मनपर्छ। तर यो दुःखको घडीमा। यस्ता सुताईहरु जताततै देख्न सकिन्छ। उनीहरु डाक्टर र नर्स हुन्। जब भाइरसको उत्पत्ति भयो। तब उनीहरुले सुरक्षार्थ क्वारेन्टाइन सुट लगाउन सुरु गरे। बिरामीलाई मृत्युबाट जोगाउँदै। उनीहरु आफैं पनि मृत्यु र भाइरससँग जुधिरहेका छन्। हामीहरुको उनीलाई सम्मान गर्नै पर्छ !’कोरोना भाइरसका कारण अहिलेसम्म चीनमा ३ सय ६१ को मृत्यु भइसकेको छ भने देशभरी १७ हजार २ सय ५ जना संक्रमित छन् ।

यसका साथै कोरोनाका २ हजार ८ सय २९ नयाँ संक्रमित भेटिएका छन् ।सोमबार कोरोना भाइरसका कारण फिलिपिन्समा एक जनाको मृत्यु भएको छ । चीनबाहिर कोरोनाका कारण मृत्यु भएको यो पहिलो घटना हो ।त्यस्तै चीनले कोरोना भाइरसको संक्रमण सुरु भएको वुहानमा बनाएको नयाँ अस्पतालको आज उद्घाटन गर्दैैछ । कोरोना संक्रमितहरुको उपचारको लागि आठ दिनमा बनाइएको एक हजार शैयाको अस्पताल आज उद्घाटन हुने बीबीसीले जनाएको छ । बिरामीको उपचारका लागि सुबिधा सम्पन्न रहेको अस्पतालमा चिनियाँ सैनिकका १४ सय स्वास्थ्यकर्मीहरु खटिने छन् ।

उनीहरु यसअघि पनि कोरोना भाइरस संक्रमितहरुको उपचारमा संलग्न रहेको बीबीसीले जनाएको छ । यस्तै चीनले १० हजार शैयाको अर्को अस्पताल पनि बनाइरहेको छ ।दोश्रो अस्पताल पनि बुधबार बनिसक्ने र नयाँ अस्पतालमा सेवा सुरु भएपछि कोरोना संक्रमितहरुको उपचारका लागि पर्याप्त हुने राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता जियाओ याहुइले बताएका बीबीसीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *