२०७६ चैत्र २७, बिहिबार
Follow Us on:

चीनमा कोरोना भाइरस: मृत्यु हुनेकाे संख्या ४ पुग्यो

एजेन्सी: चीनमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु् हुनेको संख्या चार पुगेको छ । तीव्र गतिमा फैलिएको कोरोना समूहको नयाँ रहस्यमयी भाइरसको संक्रमणका कारण चारजनाको मृत्यु भएको सरकारी अधिकारीले पुष्टि गरेका हुन् ।

यसअघि मानिसबाट मानिसमा भाइरसको संक्रमण भएको पुष्टि नभएको बताएको चीनले अहिले भाइरसको संक्रमण मानिसबाट मानिसमा पनि हुन्छ भन्ने पुष्टि गरेको छ ।

गत डिसेम्बरमा चीनको वुहान शहरमा पहिलोपटक देखिएको सो भाइरसको संक्रमण हाल दुई सयजना भन्दा बढीमा पुष्टि भएको जनाइएको छ ।

तर अन्तर्रा्ष्ट्रिय अनुसन्धानकर्ताहरुले भने संक्रमित हुनेको संख्या १७ सय भन्दा बढी रहेको हुन सक्ने अनुमान गरेका छन् ।

र, चीनको राष्ट्रिय स्वास्थ्य आयोगले ग्वाङ्डोङ्गका दुईजनामा सो भाइरस मानिसबाटै सरेको पुष्टि गरेको छ । यो भाइरसका कारण रुघा लाग्ने, स्वासप्रस्वासमा समस्या हुने गर्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *