२०७६ फाल्गुन १०, शनिबार
Follow Us on:

आतंककारीलाई गाडीमा नअटेपछि ट्रकमा हालेर जेल लगियो: देखेर सवै चकित !

एजेन्सी: इराकमा एक अचम्मका आतंककारी प’क्राउ परेका छन् । जव उनको तस्बिर सार्वजनिक भयो सर्वसाधारणले विश्वास नै गर्न सकेनन् की उनी आतंकवादी हुन् । किनकी उनको शरिर यस्तो भिमकाय छ की सामान्य मानिसको भन्दा निकै फरक । इराकको मोसुल सहरस्थित आतंकवादी संगठन आइएसको इलाकामा सरकारी फौजले छापा मारेर पक्राउ गरिएका उनको शरिरको तौल १ सय ३५ किलो छ । अन्तराष्ट्रिय संचारमाध्यमले पनि उनलाई एक भिमकाय आतंकवादी भनेका छन् ।

आतंकवादी समूह आइएसका ती सदस्यको ज्यान यति ठूलो थियो कि पुलिसको गाडीमा समेत उनी अटाएनन् । प्रहरीको गाडीमा नअटेका उनलाई प्रहरीले ट्रकमा हालेर प्रहरी कार्यालय लगिएको थियो । शिफा अलनिमा नाम गरेका ति आतंकवादीको शरिर देखेर सुरक्षा अधिकारी पनि अचम्म परेका थिए ।

अझ उदेक लाग्दो कुरा त के भने उनले आफुलाई प्रहरी पक्राउ गर्न आउँदैछन् भन्ने थाहा पाएर पनि भाग्न सकेनन् । भिमकाय शरीर भएका कारण पक्राउ गर्न सुरक्षा फौज कोठाभित्रै जाँदा पनि उनी ओछ्यानमै पल्टिरहेका थिए । उनी ओच्छ्यानवाट उठ्नै सकेका थिएनन् ।

आइएस संगठनमा सो व्यक्ति जब्बा द जेहादी नामले चर्चित रहेको बताइएको छ । सुरक्षा बलको विरुद्धमा भड्काउ भाषण दिने जेहादी आइएसको शीर्ष नेतामध्ये एक रहेको इराकी सुरक्षा अधिकारीहरुको दावी छ । जेहादीको गिरफ्तारी आइएसका लागि ठूलो झट्का भएको दाबी उनीहरुको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *