२०७६ माघ १५, बुधबार
Follow Us on:

इरानी क्षेप्यास्त्र प्रहारबाट युक्रेनी विमान खसेको प्रमाण भेटियाे ! (भिडियाे सहित)

एजेन्सीपश्चिमा देशहरूले इरानी क्षेप्यास्त्रका कारण युक्रेनको यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको प्रमाणहरु भेटिएको दावी गरेका छन् । यसअघि नै अमेरिकी सञ्चारमाध्यमहरूले इरानले नै क्षेप्यास्त्र प्रहार गरेर उक्त विमान खसालेकाे दावी गर्दै आएका थिए ।

क्यानडा र युकेका नेताहरूले उक्त विमान दुर्घटनाको सम्बन्धमा पूर्ण र विस्तृत अनुसन्धान हुनुपर्ने माग गरेका छन् । तर इरानका अधिकारीहरूले विमान निर्माता बोइङ र अमेरिकालाई उक्त विमानको ब्ल्याकबक्स नदिने र अमेरिकालाई कुनै हालतमा अनुसन्धानमा सहभागी नगराइने बताइरहेका छन् ।

न्यूयोर्क टाइम्सकाे भिडियाेबाट

गत बुधबार युक्रेनियन इन्टरनेसनल एयरलाइन्सको ‘बोइङ ७३७–८०० म्याक्स’ इरानको राजधानी तेहरानस्थित अन्तर्राष्ट्रय विमानस्थलबाट उड्नासाथ दुर्घटनामा परेको थियो । विमानमा सवार सबै १७६ जनाको मृत्यु भएको थियो ।

इरानले इराकस्थित अमेरिकी सैनिकहरू बसेका दुईवटा आधार शिविरमा क्षेप्यास्त्र आक्रमण गरेको केही घण्टापछि नै उक्त विमान दुर्घटना भएको थियो। तर इरानले आफ्नो हवाई प्रतिरक्षा प्रणालीबाट क्षेप्यास्त्र प्रहार नभएको भन्दै पश्चिमा देशका नेताहरूको दाबी खण्डन गरेको छ ।

न्यु योर्क टाइम्सको अनुसार तेहरानको विमानस्थल नजिकै विमानलाई इरानी मिसाइलले ठक्कर दिएको छ । न्यूयोर्क टाइम्सले प्राप्त गरेको भिडियाेमा तेहरानमाथि राति आकाशमा क्षेप्यास्त्रको उज्यालो अघि बढ्दै गरेको र विमानसँग ठोक्किएर विस्फाेट भएजस्तो देखिन्छ ।

त्यसलगत्तै ठूलो विस्फोटन भएको आवाज सुनिन्छ । आगो लागेको उक्त विमान भने उडिरहेको नै देखिन्छ। अमेरिकी मिडिया सीबीएसले भने इरानले झुक्किएर मिसाइल प्रहार गर्दा विमान खसेको भनी अमेरिकी अधिकारीहरुले दाबी गरेको समाचार प्रकाशित गरको छ । 

दुर्घटनामा परी सबैभन्दा इरानकै नागरिक मारिएका छन् । इरानका ८२, क्यानडाका ६३, युक्रेनका ११, स्वीडेनका १०, अफगानिस्तानका ४, जर्मनीका ३ र ३ बेलायती नागरिकको मृत्यु भएको थियाे ।

इरानका उच्च सैन्य कमाण्डर कासिम सुलेमानीको अमेरिकी हवाई आक्रमणमा मृत्यु भएपछि इरानले त्यसको प्रतिशोधमा इराकमा रहेका अमेरिकाका दुईवटा सैनिक क्याम्पमा १२ वटा भन्दा धेरै मिसाइल आक्रमण गरेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *